भैरहवा । भैरहवा साइकल सिटीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अर्घाखाँची साइकल यात्रा गरेको छ । साईकल सिटी भैरहवाका राईडरहरूले तिहारको विदालाई सदुपयोग गर्दै आइतबार विहान अर्घाखाँचीका लागि यात्रा तय गरेका हुन ।
पर्यटनलाई थप उर्जा थप्न ‘अर्घाखाँची साईकल यात्रा–२०७८’ गरिएको साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । हाम्रो यात्रा ३ दिन सम्म रहने छ, आइतबार बिहान ५.३० बजे बुध्दचोकबाट यात्रा सुरु भएको छ , आइतबार कपिलवस्तु गोरुसिङ्गे हुदै नरपानीमा बसाई रहने छ । त्यस्तै २२ गते सोमबार विहान संधिखर्क बजार अवलोकन भ्रमण गर्ने, २३ गते मंगलबार नरपानी देखि ढोरपाटन सडक, सालझण्डी हुदै भैरहवा फर्किने कार्यक्रम रहेको उनले बताए ।

साइकिलिस्ट विपिन रेग्मीको संयोजकत्वमा १४ सदस्यीय साइकिलिस्टको टोली उक्त यात्रामा सहभागी भएका छन । कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्धेश्यसहित पनि यो साइकल यात्रा गरेका हौ । यसले आन्तरिक पर्यटन प्रवर्धनमा मद्धत पुग्ने अध्यक्ष सारुले बताए ।
साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य सारू, संयोजक विपिन रेग्मी सहित साइकलयात्री थिरेन्द्र श्रेष्ठ, राजेश खरेल, रमेश घिमिरे, महेश भट्ट, बिमल सेन्चुरी, सुमन शर्मा, सन्तोष उपाध्याय, राजेश गुप्ता, धर्मबीर शर्मा, कृष्णा थापा, गोविन्द अधिकारी,माधव शर्मा यात्रामा सहभागी छन ।

भैरहवादेखि नरपानी हुदै सन्धिखर्क ढोरपाटन रोड हुदै भैरहवा सम्मको साइकल यात्राको दुरी २ सय ५० किलोमिटर तय हुने छ । साइकल यात्राबाट पनि भैरहवाबाट नरपानी पुग्न सकिन्छ भन्ने जनमानसमा सकारात्मक सन्देश जाओस् भन्ने हेतुका साथ यात्रा सुरु गरेको साइकलयात्री तथा संयोजक रेग्मीले भने ।