Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एरो थाइले नोवेम्बरमै गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन फलाइट गर्ने


  • कार्तिक २१, २०७८ आइतवार
  • 1.1K
    SHARES

एरो थाइले नोवेम्बरमै गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन फलाइट गर्ने

भैरहवा । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान एरो थाईले गर्ने भएको छ । भौतिक निर्माण सम्पन्न भई परिक्षण उडानको प्रतिक्षामा रहेको विमानस्थलको थाइल्याण्डको एरो थाईलाई यान्त्रिक परीक्षण उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो । 

क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा रहेको विमानस्थललाई आइसीबी २ अनतर्गत नै पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिइएको छ । 

एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ । 

आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एकसाता अवधिको हुनेछ ।

क्यालिब्रेसन फ्लाइटका लागि विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण हुन्छ । जस्को लागि एरो थाईले जहाज नै ल्याएर उडान अवतरण गरी परिक्षण गर्छ ।

आइसिबी २ का प्रोजेक्ट म्यानेजर प्रविण न्यौपानेका अनुसार थाइलैण्डसँग उडान सुचारु भएकोले क्यालिब्रेसनको बाटो खुलेको बताए । मिति नै तोकेकोबारे जानकारी नआएपनि सम्भावना बढेको छ, क्यालिब्रेसन फलाइट हुनु अगावै त्यहाको टिमले ग्राउण्ड परिक्षण, सिस्टमहरु जडानको प्रक्रिया ठिक छ वा छैन भनि जाच गरेर मात्र क्यालिब्रेसन फलाइट ल्याउने उनले बताए । 

शुक्रबार मात्रै गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थलको निरिक्षण गरेका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भन्दा बढि रहेको पनि केही परिक्षण त्यसँग लिन्क भएको काम बाकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराए । 

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात ६ अर्ब ८२ करोडको ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसाको लगानीमा बन्दैछ । 

निर्माणधिन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनि नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ ।

 


थप समाचार