Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

वर्षेनी मुर्ति विसर्जनमा ज्यान जाने भएपछि नदी बाहिरबाट मुर्ति विसर्जन


  • लुम्बिनी चिन्तन
  • कार्तिक २१, २०७८ आइतवार
  • 656
    SHARES

वर्षेनी मुर्ति विसर्जनमा ज्यान जाने भएपछि नदी बाहिरबाट मुर्ति विसर्जन

भैरहवा । रुपन्देहीको मर्चवारमा स्थानीय सरकार र सुरक्षाकर्मी कै रेखदेखमा लक्ष्मी पूजाको मुर्ति विसर्जन भएको छ । मुर्ति विसर्जनको क्रममा पानीमा डुबी ३ जनाको ज्यान गएपछि यस पटक सावधानी अपनाई लक्ष्मी पूजाको मुर्ति विसर्जन गरिएको हो । 

तराईमा लक्ष्मी पूजाको अवसरमा अस्थायी मुर्ति नै स्थापना गरी पूजा गर्ने गरिन्छ, शनिबार तिहार सकिएसँगै ति अस्थायी मुर्तिहरु आइतबार सम्म विसर्जन भएको छ । रुपन्देहीको मर्चवार स्थित कोटहीमाई गाउँपालिका–५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा जनप्रतिनिधी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष रोहबरमा सावधानी अपनाएर मुर्ति विसर्जन भएको कोटहीमाई गाँउपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जानकारी दिए । 

दुईमोहान घाटमा शनिबार र आइतबार गरी ५५ वटा बढी मूर्ति बिसर्जन भएको छ, अहिले गाउँपालिका र ईलाका प्रहरी कार्यालय मझगावाँको सहयोगमा नदी किनारमा निश्चित दुरी तोकेर मूर्ति बिसर्जन गरिएको उनले बताए । 

दुर्गा मुर्ति सिवसर्जनको विगत ३ वर्ष देखि ३ जनाको ज्यान गएपछि ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा १८ जनाको टोली र सशस्त्र प्रहरी बल मझगाँवाका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा १० जनाको टोली सहित स्थानीय सरकारका प्रतिनिधीहरु निगरानीमा नदी बाहिरैबाट मूर्ति बिसर्जन गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार