मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । यसअघि ३० भदाैबाट सुरु भएको सूचीकरण १८ असाेजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।
तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो । -न्युज कारखाना
