भैरहवा । कामना सेवा विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन वितरण गरेको छ । बैंकको १५ औँ वार्षिकउत्सवको उपलक्ष्यमा विभिन्न शाखाले डस्टवीन वितरण गरेको हो ।
बैकको खैरनी शाखाले महा महा भवानी माध्यमिक विद्यालय भवानीपुर देवदहलाई, पडसरी, वेथरी र कैलाशनगर शाखाले रामजानकी दुर्गा मन्दिर र ओमसतिया गाँउपालिका वडा नम्बर २लाई, वर्दघाट शाखाले वर्दघाट मन्दिरलाई डस्टवीन वितरण गरेकोे बैकले जानकारी दिएको छ । वित्तीय सेवासँगै स्वास्थ्य तथा सरसफाई लगायत वातावरण संरक्षणमा सहयोग पुगोस भन्दै फोहर संकलन तथा व्यवस्थापनको सहजताका लागि सार्वजनिक स्थलमा डस्टवीन राखिएको बैकले जानकारी दिएको छ ।
बैंकले स्थानीयसँगगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने छ, कार्यक्रममा बैंकका शाखा प्रमुख, कर्मचारी, सहभागीता रहेको थियो ।