Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको पटाका बरामद, प्रहरीले फेला पार्यो हराएका १७ वटा मोबाइल 


  • लुम्बिनी चिन्तन
  • कार्तिक २३, २०७८ मंगलवार
  • 814
    SHARES

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको पटाका बरामद, प्रहरीले फेला पार्यो हराएका १७ वटा मोबाइल 

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ६ लाख ८१ हजार बढीको अवैध पटाका बरामद गरि नष्ट गरेकोे छ । कार्यालयले कात्तिक १७ र १८ गते जिल्लाका विभिन्न स्थानबाट अवैधरुपमा बरामद गरेको ६ लाख ८१ हजार ५ सय ७५ रुपैया बराबरको अवैध पटाका मंगलबार कार्यालय परिसरमा पानी हालेर नष्ट गरेको हो । 

प्रहरीले कात्तिक १७ गते वुटवल उपमहानगरपालिका वडा नं. ४ अमर पथमा ४ लाख, लुम्बिनी सास्कृतिक नगरपालिका–१३ कालिदहमा ६५ हजार, बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा ४१ हजार, मर्चवारी गाउँपालिका–२ अमुवा बजारमा ५ हजार, सिद्धार्थनगर नगरपालिका–१२ स्थित कालीकापथमा २ हजार बराबरका अवैध पटाका बरामद गरेको कार्यालयले जानकारी दिएको छ ।

यस्तै प्रहरीले कात्तिक १८ गते मर्चवारी गाउँपालिका– ७ पैसियाघाटमा एक लाख १२ हजार बराबरका, सिद्धार्थनगर नगरपालिका–२ झुण्डिबजारमा २० हजार बराबरका, सिद्धार्थनगर नगरपालिका–३ मा ३ हजार ५ सय बराबरका, सम्मरीमाई गाउँपालिका– ३ गुलरियामा २७ हजार ७५ रुपैयाँ बराबरका पटाका बरामद गरेको थियो ।

यस्तै कार्यालयले हराएका मोबाइलहरु फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएको छ । विभिन्न मितिमा हराएका १७ वटा मोबाइल फेला पारी मँगलबार सम्बन्धित धनिहरुलाई बोलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले बताए । 

मोबाइलको आएमईआई नम्बरको आधारमा अनुसन्धान गरी सीमकार्ड राखी प्रयोग गरिएकै अवस्थामा बरामद गरीएको थियो । मोबाइल हराएका व्यक्तिहरुले प्रहरी कार्यालयमा आएमईआई नम्बरसहित उजुरी गरेपछि सोही आधारमा लोकेशनबाट पत्ता लगाई उक्त फोन फेला पारिएको हो । 

 


लुम्बिनी चिन्तन

थप समाचार