भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले सरकार जनताको साथी रहेको बताएका छन । नेपाली कांग्रेस सिद्धार्थनगर नगरसमितिले भैरहवामा आयोजना गरेको स्वागत, सम्मान, बधाई तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले सबै मिलेर नै सरकार संचालन हुने भएकोले सरकार जनताको साथी रहको बताए ।
नेपालको सविधानले जनतालाई शासनको केन्द्रमा राखेर जनातको लागि नै सविधान र सरकार बनेकोले जनताको साथ दिनु सरकारको दायित्व हो । जनताको पक्षमा गृह प्रशासन रहने कि नरहने यस्को समुचित मुल्याङकन गर्न आम नागरिकलाई आग्रह गर्दै गृहमन्त्री खाणले मुल्याङकनमा सरकार साथ रहने बताए ।
गृह मन्त्री खाणले आफ्नो मन्त्रालय मातहत रहेका निकायलाई जनता, उद्योगी व्यवसायीको साथमा रही दुख दिने काम नगर्न निर्देशन दिए ।
नेपालको सुरक्षा निकायले विभिन्न समयमा बलिदानपूर्ण काम गरेको बताउदै महामारी र संक्रमणको जोखिम हुदा पनि जीवनको असुरक्षाको वावजुद सुरक्षाकर्मीले अग्रपक्तिमा रहेर गरेको कार्य प्रशंसनिय रहेकामा धन्यवाद व्यक्त गरे । अहिले पनि पूर्ण रुपमा कोभिड निको नभई जोखिम कायम रहेकोले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डमा रहेर काम गर्न आग्रह गरे ।
महामारी वा प्राकिृतक प्रकोपमा होस नेपालका सुरक्षा निकाय अग्रपक्तिमा रहेर काम गरे पनि पर्याप्त सुविधा नभएकोले रासनमा १५ प्रतिशत बृद्धि र खासगरी नेपाल प्रहरीहरुको तल्लो पदमा लामो समय प्रमोशन हुन नसक्ने अवस्था रहेको नयाँ नयाँ पद सृजना गरिएको गृहमन्त्री खाणले बताए ।
सिद्धार्थनगर नगरसभापति कोशिश बहादुर खड्काको अध्यक्षता, उपसभापति देवराज न्यौपानेको सचिव अनिल केसीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति अब्दुल रज्जाक, लगायतले बोल्नु भएको थियोे ।
कार्यक्रममा गृहमन्त्री खाँण, लुम्बिनी प्रदेशका शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँन, बुथ सभापतिहरुलाई सम्मान गरिएको थियो ।