Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अब ग्यास प्रति–सिलिन्डर १५ सय ७५ रुपैयाँ, फेरि बढ्यो इन्धनको मूल्य


  • लुम्बिनी चिन्तन
  • कार्तिक २५, २०७८ बिहिवार
  • 652
    SHARES

अब ग्यास प्रति–सिलिन्डर १५ सय ७५ रुपैयाँ, फेरि बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेको निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ । अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य एक सय नौ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर आठ सय ९५ अमेरिकी डलर पुगेको छ ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ ५८ पैसा, डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा तथा एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रही १५ दिनमा पेट्रोलमा झन्डै ६१ करोड २५ लाख, डिजलमा झन्डै ९७ करोड ३६ लाख तथा एलपी ग्यासमा झन्डै एक अर्ब ११ करोड १७ लाख घाटा नै रही समग्रमा निगमलाई १५ दिनमा झन्डै दुई अर्ब ६२ करोड घाटा हुने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ । 

यसअघि निगमले गएको कात्तिक १२ गते इन्धनको मूल्य बढाएको थियो । 

release_JbA1EBcAKf.jpg


लुम्बिनी चिन्तन

थप समाचार