Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शहीद स्मृति पुस्तकालयकाे २० औं वार्षिकोत्सव

विभिन्न विधाका पुरस्कारहरु वितरण


  • लुम्बिनी चिन्तन
  • कार्तिक २५, २०७८ बिहिवार
  • 914
    SHARES

शहीद स्मृति पुस्तकालयकाे २० औं वार्षिकोत्सव

भैरहवा । भैरहवा स्थित शहीद स्मृति पुस्तकालयले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार भैरहवामा विभिन्न विधाका पुरस्कारहरु वितरण गरेको छ ।

पुस्तकालयका अध्यक्ष वनमाली निराकारको अध्यक्षता तथा प्राज्ञ बुंद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य, शिक्षा , स्वास्थ्य, समाजसेवा, कृषि तथा सदाचार जागरणका क्षेत्रमा गरी विभिन्न पुरस्कारहरु प्रदान गरिएकोे शहीद स्मृति पुस्तकालयका अध्यक्ष निराकारले जानकारी दिनुभयो । उहांका अनुसार पुरस्कृत हुनेहरुमा ‘शहीद स्मृति सदाचार जागरण पुरस्कार’ भरत जङ्गम, काठमाडौंलाई प्रदान गरिएको छ ।  

संस्थाका संरक्षक तथा समाजसेवी दीर्घराज काफ्लेले स्थापना गर्नु भएको ४५ हजार धनराशीको उक्त पुरस्कार भ्रष्टाचार र सुशासनका निम्ति आवाज उठाउनेलाई प्रदान गरिदै आएको छ , यस वर्ष अभियन्ता जङ्गमलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

collage (39).jpg

त्यस्तै डा. गोविन्दबल्लभ भट्टले स्थापना गर्नुभएको १८ हजार धनराशी रहेको ‘सरस्वती दशरथ भट्ट स्मृति पुरस्कार’  शिक्षातर्फ  शशि पन्थी गुल्मी र स्वास्थ्य तर्फ  यादवसिंह कार्की पाल्पा लाई समर्पण गरिएको छ । साहित्यकार समेत रहनु भएका संस्थाका अध्यक्ष वनमाली निराकारद्वारा स्थापित ११ हजार १ सय ११ धनराशीको ‘नेत्रशोभा स्मृति साहित्यिक पुरस्कार’  साहित्यकार महानन्द ढकाल कोहलपुर बांके लाई समर्पण गरिएको छ  ।  

त्यस्तै घनश्याम गौतमद्वारा स्थापित ७ हजार धनराशीको  ‘रामकला बुद्धनाथ गौतम स्मृति पुरस्कार’’ भैरहवाका युवा समाज सेवी मङ्गल भन्डारीलाई  समर्पण गरिएको छ । योगनाथ आचार्यद्वारा स्थापित ११ हजार ५ सय ५५ धनराशीको ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार संस्कृतिविद् प्रा.डा. गितु गिरीलाई समर्पण गरिएको छ । परशुराम पराजुलीद्वारा छन्दमा कविता लेख्ने एकजना कविलाई पुरस्कृत गर्न स्थापित १० हजार ५ सय ५ धनराशीको ‘गङ्गादेवी नरनारायण स्मृति प्रतिभा पुरस्कार’  मङ्गलापुर रुपन्देहीका कवि रमेश समर्थनलाई समर्पण गरिएको छ  ।

यस्तै अधिवक्ता तुल्सीराम ढकालद्वारा स्थापित ३ हजार धनराशीको ‘विश्राम ढकाल स्मृति पुरस्कार’ बुटवलका नवोदित गायिका रुपा रौतारलाई समर्पण गरिएको छ । रामेश्वर मण्डलद्वारा स्थापित ७ हजार धनराशीको ‘सजिया दरबारी मण्डल स्मृति कृषि पुरस्कार’ भैरहवाका कृषि उद्यमी आशा गुरुङ्गलाई प्रदान गरिएको छ । पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बुंद रानाले कला र साहित्यको सम्मानले सृजकहरुमा हौसला बढ्ने बताउनु भयो । उहांले पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यतm गर्नुभयो ।

सो अवसरमा भैरहवा मर्निङ्गवाक समुहका अध्यक्ष तथा समाजसेवी ओमकार गौचन, साहित्यकारहरुको तर्फबाट साहित्यकार बालकृष्ण भट्टराई, आजिवन सदस्य रुद्र ज्ञवाली, पुरस्कृतहरुको तर्फबाट रुपा रौतार, महानन्द ढकाल, शशी पन्थी, भरत जंगम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।  संस्थाका सचिव गोविन्द न्यौपानेको संचालन तथा सदस्य भगवतीको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तारा प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा यस क्षेत्रका साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार