Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिमा विरोध, नेपाल बन्दको घोषणा


  • लुम्बिनी चिन्तन
  • कार्तिक २५, २०७८ बिहिवार
  • 1.4K
    SHARES

पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिमा विरोध, नेपाल बन्दको घोषणा

भैरहवा । पेट्रोलियम पद्धार्थको मूल्य १५ दिन नपुग्दै फेरि बढेपछि चौतर्फी विरोध भएको छ । विभिन्न राजनितीक दल निकट विद्यार्थी संघठन, आम नागरिक लगायतले सामाजिक सञ्जालमा सरकारले गरेको मूल्य बृद्धिको चर्को विरोध गरेका छन् । नेपाल आयल निगमले बुधबार रातीदेखि लागु हुने गरी पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ ।

मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियूले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गरेको छ । सरकारले तत्काल मूल्य बृद्धि फिर्ता नलिए चरणबद्ध रुपमा थप आन्दोलनका कार्यक्रम गर्ने अनेरास्ववीयू रुपन्देहीका सचिब प्रकाश पराजुलीले बताए ।

यस्तै नेकपा एकृकीत समाजवादी निकट विद्यार्थी संघठन अनेरास्ववियूले पनि निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा भएको बताएको संघठनका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गरेका छन्।

‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भर्त्सना गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’– विज्ञप्तिमा भनिएको छ । तत्काल मूल्य बृद्धि फिर्ता नलिए महङ्गी, मूल्य वृद्धि जस्ता स्वेच्चाचारी कदमको विरुद्ध जस्तो सुकै आन्दोलनको श्रृजना गर्न अनेरास्ववियू वाध्य हुने अध्यक्ष पराजुलीले बताएका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टीले पनि मृल्य बृद्धिका विरुद्ध नेपाल बन्दको घोषण गरेको छ । नेकपाका महासचिब नेत्रबिक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी कात्तिक ३० गते नेपाल बन्दको घोषण गरेका हुन् । नेकपाले मूल्य बृद्धिको विरोधमा कात्तिक २५ गतेदेखि ३० गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक समेत गरेको छ । ७० रुपियाँमा विक्री गर्न सकिने पेट्रोललाई सरकारले १३६ मा विक्री गरेको नेकपाका महासचिब विप्वलले बताएका छन् ।

‘जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा विक्रि गरिने छ । विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु ७० मा विक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ । ’– विज्ञप्तिमा भनिएको छ । मूल्यवृद्धिबाट उपभोक्ता कैयौं गुणा बढी मारमा पर्ने बताउँदै विप्लवले जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन नसक्ने बताएका छन् ।

यसैबिच एकृकीत समाजवादीका नेता बिजय पौडेलले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि असैह्य भएको भन्दै के–कसरी मूल्य नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ सरकारले तत्काल पाइला चालन आग्रह गरेका छन् । गठबन्धन सरकारमा हाम्रो पार्टी सामेल छ भन्दैमा अस्वाभाविक मूल्यबृद्धिको समर्थन गर्न गर्न नसकिने उनले बताएका छन् । ‘केही महिनादेखि निर्माण कार्यमा प्रयोग हुने फलामे छडमा अचाक्लि मूल्य बृद्धि गरिएको छ भने अहिले इन्धन र खाना पकाउने ग्यासमा चर्को मूल्य बृद्धि गरिएको छ । यो असैह्य छ । के–कसरी मूल्य नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ सरकारले तत्काल पाइला चालोस् । गठबन्धन सरकारमा हाम्रो पार्टी सामेल छ भन्दैमा अस्वाभाविक मूल्यबृद्धिको समर्थन गर्न सकिन्न ।’– उनले भनेका छन् ।

यस्तै उपभोक्ता हित संरक्षण मंच रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले इन्धनको मूल्यमा भएको बृद्धिले उपभोक्ताको ढाड सेकेको बताउँदै तत्काल फिर्ता लिन माग गरेका छन् । ‘ इन्धनमा उपभोक्ताको ढाड सेक्ने गरी गरेको मूल्यबृद्धि र्फिता गर ।’ उनले भने ।


लुम्बिनी चिन्तन

थप समाचार