Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १७, २०७७ सोमवार
  • 812
    SHARES

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा

लुम्बिनी । नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा दिने निर्णय गरेको छ । यही फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले देवदहको सित्तलनगरमा माग भएको ६१.२५ हेक्टर अर्थात एक सय विघा जति जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले जग्गा प्राप्ती भएपछि अब गुरुयोजना बनाएर अघि बढ्ने बताए । ‘प्रारम्भीक योजना बनाइसकेका छौं । गुरुयोजना बनाएर अघि बढ्छौं।’ उनले भने ‘डिपिआर बनाउँछौं। क्रमश संरचना बनाउँदै जान्छौ ं।’ विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनीमै रहने र शैक्षिक संरचना देबदहमा रहने आचार्यले बताए । 
लुम्बिनीमा अहिले केन्द्रीय कार्यालय र आवाशीय क्षेत्र गरी ११ विघामा संरचना रहेको छ। फराकिलो ठाउँ विश्वविद्यालय बनेपछि लुम्बिनी बौद्ध विश्वविद्यालय मुलुककै नमुना बन्ने रजिष्टार आचार्यको दाबी छ। विश्वविद्यालयले २०७२ सालदेखी जग्गा प्राप्तीको लागि पहल सुरु गरेको थियो।  


लुम्बिनी चिन्तन

थप समाचार