भैरहवा । रुपन्देहीको भैरहवामा २ करोडको लगानीमा पार्टी प्यालेस संचालनमा आएको छ । विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएका स्थानीय १० जना यूवाहरुको लगानीमा मिड टाउन पार्टी प्यालेस शुक्रबारबाट संचालनमा आएको हो ।
सिद्धार्थनगर ८ अशोकपथमा अवस्थित ७ कठ्ठा क्षेत्रफलमा निर्मित पार्टी प्यालेसको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष अध्यक्ष शर्माले पार्टी प्यालेसको पेशा सेवाको पेशा भएपनि कठिन मध्येको पेशा रहेको बताउनु भयो । सम्बन्ध, सम्पर्क र सेवा भावले प्रभाव पार्ने भएकोले अति संवेदनशीलमा चुनौती भएपनि लगानीलाई निकाल्न अथक प्रयास गर्न उहाले आग्रह गर्नुभयो ।
भैरहवावासी यहीको सेवा लिनका लागि यस्ता पार्टी प्यालेस अझै खुल्न जरुरी रहेकोले यसले मात्र यो क्षेत्रको माग पुरा नहुने बताउनु भयो । संघले एउटा व्यवसायी मात्र सफल होस भन्ने चाहदैन, सबै उद्योगी व्यवसायी सफल हुुनुपर्छ । सेवा लिन बाहिर जानु भन्दा स्थानीयलाई नै प्रथामिकतामा राखी सेवा लिन उनले आग्रह गरे ।
अन्तारष्ट्रिय विमानस्थल संचालन भएसँगै यहाको हरेक घर होमस्टे हुने बताउदै गुणस्तर र अत्याधुनिक हुन पनि जरुरी छ, जनघनत्व बढेसँगै यस्ता पार्टी प्यालेसको माग बढ्ने भएकोले उच्च सेवा प्रदान गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्संघका कार्यावाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठनका कोषाध्यक्ष राममिलन यादव, मायादेवी फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार लगायतले बजारमै थपिएकोे पार्टी प्यालेसले आर्थिक मात्र नभई पर्यटनलाई पनि चलायमान बनाउने, पार्टी प्यालेसकोसंचालनले भैरहवा क्षेत्रलाई गुल्जार गर्ने, भैरहवा र यस क्षेत्रको बिकासका लागि पनि नयाँ नयाँ लगानीको आवश्यक रहेकाले व्यवसायलाई नाफामुलक भन्दा पहिचान मुलक बनाउन समेत आग्रह गरे ।
गत वर्ष नै संचालन गरिने उद्देश्यले निर्माणको क्रममा रहेको पार्टी प्यालेस विश्वव्यापी महामारी कोभिडका कारण संचालनमा आउन सकेको थिएन । प्यालेस संचालनपछि दर्जन बढिले रोजागर पाउने छन । करिब २ करोड लगानी भइसकेको पार्टी प्यालेसमा वातानुकुलित एक हजार अट्ने सभाहल, २ वटा साना हल , क्याटरिङ, विवाह तथा अन्य कार्यक्रमका लागि ३ वटा रुम, फ्रि वाईफाई , गुणस्तरिय सेवा, पारिवारिक वाताबरण सहितका सेवा सुबिधाहरु रहने संचालक मोहम्मद सलिमले बताउनु भयो ।
भैरहवाको मुख्य बजारमा ठूूला सभा सम्मेलन तथा बिवाह, ब्रतबन्ध लगायतको लागि अन्यत्रै जानुपर्ने बाध्यता थियो, सोही बाध्यतालाई मध्यनजर गर्दै आधुनिक सुबिधा सहितको पार्टी प्यालेस संचालनमा ल्याएसँगै बाहिर जानु पर्ने बाध्यता हटेको छ।
पार्टी प्यालेसका संचालक शमसाद अहमदको अध्यक्षता, मोहम्मद उमरको स्वागतमा सुरु भएको कार्यक्रमको संचालन शंकर पाण्डेले गरेका थिए ।