परासी । होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको बार्षिक कार्ययोजना गोष्ठी नवलपरासीको अमलटारीमा सुरु भएको छ । दुई दिन सम्म चल्ने गोष्ठीमा संगठनले आगामी बर्षको कार्ययोजना तयार गर्ने संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिनु भयो ।

कार्ययोजनामा ब्यावसायको स्तरउन्नती गर्ने देखी ब्यावसायीहरुको समस्यालाई सम्बोधन गर्ने सम्मका ३३ बुदे प्रस्ताव पेश गरिएको छ । होटल तथा रेष्टुरेष्ट ब्यवसायलाई मार्यादित र स्वच्छ सफा राख्नका लागी खाद्ध शुद्धता सम्बन्धी प्रशिक्षण मुलक कार्यक्रम गर्ने , होटलहरुको बर्गिकरण गर्ने , अव्यवस्थित बेलहीया नाका र ट्र्राफिक ब्यवस्थापन , ठेला ब्यवसायको ब्यवस्थापन गर्दै नगरको सुन्दरीकरण कसरी गर्न सकिन्छ भन्ने बिषय पनि कार्ययोजनामा समाबेश गरीएको छ ।

होटल ब्यवसायका लागी आबस्यक दक्ष जनशक्ती उत्पादन र बैदेशिक रोजगारीमा जाने प्रकृया रोक्न स्वदेशमै रोजगारीको अवसर श्रृजना गर्न कुक तथा वेटर हाउस किपिङ तालीम संचालन गर्ने बिषयहरु कार्ययोजनामा समाबेश गरिएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताउनु भयो ।
संगठनका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षतामा भएकाे कार्ययोजनाको उद्धघाटन सत्रमा उघोग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा संगठनका संस्थापक अनिल ज्ञवाली , संगठनका निवर्तमान अध्यक्ष गणेश बेलवासे , पर्यटन ब्यवसायी तथा संगठनका सल्लाहकार सागर अधिकारी , मदिरा ब्यावसायि संघका अध्यक्ष केशव राज ज्ञवाली , संगठनका सल्लाहकार प्रख्यात बन्जाडे , पत्रकार दिपेश पछाई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
दुई दिन सम्म चल्ने गोष्ठीमा आर्थिक प्रतिबेदन कोषाध्यक्ष नरेन्द्र खनालले प्रस्तुत गर्नु भएको थियो भने स्वागत बरिष्ठ उपाध्यक्ष राम प्रसाद पोख्रेलले र कार्यक्रम संचालन महासचिव राजेश मल्होत्राले गर्नु भएको थियो ।