Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ साहित्य परिषदद्वारा विभिन्न विधाका ११ जना पुरस्कृत तथा सम्मानित

संचारकर्मीतर्फ सम्झना शर्मालाई सम्मान प्रदान


  • लुम्बिनी चिन्तन
  • कार्तिक २७, २०७८ शनिवार
  • 2.0K
    SHARES

सिद्धार्थ साहित्य परिषदद्वारा विभिन्न विधाका ११ जना पुरस्कृत तथा सम्मानित

भैरहवा । सिद्धार्थ साहित्य परिषद् सिद्धार्थनगर रुपन्देहीले विभिन्न विधाका ११ जनालाई पुरस्कार समर्पण तथा सम्मान गरेको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय १३ औं जन्मजयन्तीको अवसर पारेर परिषद्ले भैरहवामा आयोजित एक समारोहकाबीच ती पुरस्कार सर्मपण गरिएको परिषद्का अध्यक्ष दिल्लीराज भट्टराईले जानकारी दिनुभयो ।

WhatsApp Image 2021-11-13 at 1.43.39 PM (1).jpeg

उहांका अनुसार सिद्धार्थ साहित्य पुरस्कार २०७७ बाट सिद्धार्थनगरका माधव प्रसाद पन्थी सम्मानित हुनुभएको छ । उहांलाई नगद रु १० हजार सहित ताम्रपत्रले पुरस्कृत गरिएको हो । सकला सिद्धार्थ वाङ्गमय पुरस्कार २०७७ बाट नेपाल गंजका डा. ईन्द्र बहादुर भण्डारीलाई, टेक बहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार २०७७ बाट बुटवलका गिरी श्रीस मगर, विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कारबाट काव्य लेखनतर्फ पाल्पाका टंक पन्थ, समाजसेवी ओमकार गौचनले स्थापना गर्नुभएको मिन पद्यम गौचन स्मृति पुरस्कार २०७७ बाट सिद्धार्थनगरका साहित्यकार विजय सागर श्रेष्ठ, सुकदेव सुकमाया लामिछाने बालसाहित्य पुरस्कार २०७७ बाट प्रा.डा. चुडामणि बन्धुलाई पुरस्कृत गरिएको छ ।

प्रा.डा. कपिलदेव लामिछाने र सिजृना लामिछानेले स्थापना गर्नुभएको सो पुरस्कारबाट उहां सम्मानित हुनुभएको हो । उहांलाई रु ११ हजार राशि सहित ताम्रपत्र,दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रा.डा. पन्थले लामो समय नेपाली साहित्यमा समर्पण गर्न पाएकोमा खुशी व्यतm गर्नुभयो । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनी पहिलो पटक पन्थले नै लेख्नु भएको थियो । नेपाली वालसाहित्यमा आफ्नो ठुलो योगदान गरेको उहांले उल्लेख गर्नुभयो ।

WhatsApp Image 2021-11-13 at 1.43.39 PM.jpeg

यस्तै परिषद्ले सिद्धार्थ साहित्य सम्मान २०७७ बाट यस क्षेत्रमा लामो समयदेखि पत्रकारितामा सक्रिय संचारकर्मी सम्झना शर्मालाई सम्मान गरिएको छ । यस्तै साहित्यकार रमेश समर्थन, समाजसेवा तर्फ धर्मराज श्रेष्ठ, कलाकार तर्फ नुरमर्दन थापा, शिक्षातर्फ यम बहादुर रसाईलीलाई सम्मानित गरिएको छ ।

पुरस्कृत तथा सम्मानित व्यक्तित्व हरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. चुडामणि बन्धु, पुरस्कार संस्थापक, परिषद्का अध्यक्ष दिल्लीराज भट्टराई लगायतले सम्मान प्रदान गर्नुभएको थियो ।

सो अवसरमा समाजसेवी धर्मराज श्रेष्ठ, रमेश समर्थक, विजय सागर, गिरी श्रीस मगर, डा. ईन्द्र बहादुर भडारी,समाजसेव ीओमकार गौचन, थम बहादुर गुरुङ्ग, टंक पन्थ, लगायतले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

परिषद्का सचिव लक्ष्मी प्रसाद अधिकारीको संचालन, प्राज्ञ बुंद रानाको स्वागत, सिता काफ्लेको धन्यावादमा सम्पन्न भएको कार्यक्रममा मुल्यांकन समितिका संयोजक प्रा.डा. कपिलदेव लामिछानेले पुरस्कृत तथा सम्मानितहरुको व्यक्त्वित परिचय गराउनु भएको थियो । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनीका बारेमा प्रकाश पार्नुभएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार