Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लैङ्गिक हिँसा बिरुद्ध अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न ।


  • लुम्बिनी चिन्तन
  • मंसिर १४, २०७८ मंगलवार
  • 418
    SHARES

लैङ्गिक हिँसा बिरुद्ध अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

भैरहवा मंसिर १४

१६ दिने लैङ्गिक हिँसा बिरुद्धको कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । 

नमुना एकीकृत,लायन्स क्लब अफ डायनामिक टिचर्स,सिद्धार्थनगर तथा इनरह्वील क्लब अफ लुम्बिनी साथै नमुना एकीकृत परिषदको सँयुक्त आयोजना रुपन्देही लिलाराम न्यौपाने मा.बि. का कक्षा १२ का बिद्यार्थी हरुलाइ अभिमुखिकरण तालीम दिईएको हो । 

लायन्स कल्ब अफ भैरहवा डायनेमिक टिचर्सका अध्यक्ष बिना भण्डारी तथा ईनर व्हिल कल्ब अफ लुम्बिनीका अध्यक्ष  मिना पन्थिको सँयुक्त अध्यक्षतामा आयोजित कार्यक्रम को सँचालन डायनामिक टीचर्स क्लब कि उपाध्यक्ष  साथै ईनर व्हिल कल्ब अफ लुम्बिनीका सचिव नारायणी नेपाल ले गर्नु भएको थियो ।

कार्यक्रम सहजीकरण को भुमिका नमुना परिषदका अध्यक्ष  साथै ईनर व्हिल कल्ब का सस्थापक अध्यक्ष ज्ञानु पौडेलले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी बिद्यालय का प्रध्यानाध्यापक गणेश प्रसाद भट्टराईले किशोर किशोरी छात्र,छात्रा मा जिबनोपयोगी शिक्षाको मद्दत ले जीबनोपयोगी सिप को बिकास भै ब्यबहारिक रुपमा समाजमा सम्मानजनक जीवन यापन का साथै समाजका अन्य ब्याक्तिहरु मा समेत बिद्यार्थी हरुले सोचको परिबर्तन गराइ स्वच्छ समाजको निर्माण गर्न सक्ने क्षमताको बिकास हुनसक्ने धारणा राख्नुभएको थियो ।

 कार्यक्रममा स्वागत मन्तव्य ईनर व्हिल कल्ब अफ लुम्बिनीका पुर्ब अध्यक्ष सीता भट्टराईले दिनु भएको  थियो । त्यसै गरि कार्यक्रम  को समापन लायन्स कल्ब अफ  भैरहवा डायनेमिक टिचर्सका अध्यक्षले गर्नु भएको थियो। नोभेम्बर २५ बाट डिसेम्बर १० सम्म १६ दिने अन्तराष्ट्रीय लन्गिक हिंसा बिरुद्ध दिवस संसार भर मनाईदै छ।


लुम्बिनी चिन्तन

थप समाचार