Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

ईनर व्हिल कल्ब अफ लुम्बिनी द्वारा न्यानो कपडा तथा स्टेसनरी वितरण


  • लुम्बिनी चिन्तन
  • मंसिर २२, २०७८ बुधवार
  • 810
    SHARES

ईनर व्हिल कल्ब अफ लुम्बिनी द्वारा न्यानो कपडा तथा स्टेसनरी वितरण

भैरहवा मंसिर २१,
ईनर व्हिल कल्ब अफ लुम्बिनीले अर्घाखांचीमा रहेको बिध्यालयलाई न्यानो कपडा तथा स्टेसनरी सामान वितरण गरेको छ । क्लबका अध्यक्ष अध्यक्ष  मिना नेपाल पन्थीको अध्यक्षता तथा जनप्रिय आधारभुत बिध्यालय अर्घाखाँचीका प्रधानध्यापक काशी नाथ क्षेत्रीको प्रमुख आथित्यतामा सोही बिध्यालयमा रहेका बिध्यार्थीहरुलाई समान बितरण गरिएको थियो । कार्यक्रममा बिशिस्ट अथिती सुरेन्द्र ओली ,अथितीहरु ब्यवस्थापन  समितिका अध्यक्ष हरि प्रसाद भट्टराई ,सितापुर स्रोतकेन्द्रका प्रतिनिधि धर्मराज खनाल ,बिधालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष छ्ब  बहादुर ओली ,कमल प्रसाद  घिमिरे, भेक बहादुर थापा लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य  कार्यक्रम सयोजक सृजना जोशीले गर्नु भएको थियो  । कार्यक्रमको उदेश्य र कल्ब को परिचय कल्बका पुर्ब अध्यक्ष सीता भट्टराईले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अथिती निम बहादुर क्षेत्रीले दुर्गम क्षेत्र सम्म आएर  सहयोग गर्नु भएको मा  कल्ब लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो । कार्यक्रममा ईनर व्हिल कल्ब का पुर्ब अध्यक्ष रचना शर्मा,बिना भण्डारी ,सह कोषाध्यक्ष बिनिता नेपाल,कोपिला मरासिनी , सगिता भट्टराई , सुनिता आचार्य ,सुश्मा शर्मा कमला भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सचिव नारायणी नेपाल ले गर्नु भएको थियो । कार्यक्रममा ६० जना बालबालिकाहरुलाइ २ बरावरको सामग्रीहरुको ज्याकेट जुत्ता  ÷ मोजा ÷ शैक्षिक सामाग्रीहरु बितरण गरिएको थियो । 
कार्यक्रमको समापन गर्दै ईनर व्हिल कल्ब अफ लुम्बिनी का अध्यक्ष मिना नेपाल पन्थीले ईनर व्हिल कल्बले संस्थाको लक्ष्य उदेश्य अनुसार दुर्गम क्षेत्रका बालबालिकाहरुलाई सहयोग गर्न पाएको बताउनु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार