भैरहवा,मंसिर २१
श्री वीरेन्द्र मावि दृष्टी विहिन स्रोत कक्षा आवासीय भवन सियारी ५ दुर्गापुर रुपन्देहीको एक कार्यक्रमका बीच मंगलबार उद्घाटन गरीएको छ ।
नवनिर्मित भवनको संघीय सांसद प्रमोद यादवले उद्घाटन तथा अवलोकन गरेका छन् । भवन निर्माण उपभोतmा समितिका अध्यक्ष विष्णु अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यावदले सामाजिक विकासका लागि सरकार,राजनीतिक दल,समाजसेवी र स्थानीय एकै ठाउंमा उभिनु पर्ने बताए । अवसरबाट कोहिपनि वन्चित हुन नहुंने भन्दै आफ्नो तर्फबाट दृष्टीविहिनको शिक्षा,स्वास्थ्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
कर्यक्रममा आफ्ना भनाई राख्दै सियारी गाउंपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारुले दृष्टी विहीनको शिक्षाका लागि एक जना शिक्षकको कोटा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
द्याताको सक्रियतामा सियारी गाउंपालिकामा यस्तो भवन बन्नु आफैमा सुखद समाचार भएको भन्दै सहयोगीहरुलाई धन्यावाद दिए ।
कर्यक्रममा स्थानीयको तर्फबाट आफ्ना भनाई राख्दै लिलाधर घिघिरे छपिया जनता कलेका अध्यक्ष एवम् समाजसेवी थानेश्वर घिमिरेले धन हुने सबैको मन नहुंने भन्दै छपिया देष्टी विहिनका लागि आर्कषक भवन निर्माण गर्नेलाई समाजले सधै सम्झिनु पर्ने बताए । दाताको सम्मान गर्न सके समाजमा धेरै काम हुन सक्ने घिमिरेको भनाई छ ।
आठ जना दृष्टी विहिनका लागि भवनको आवश्यकता महसुस गरी हाल अमेरिका बस्ने मञ्जु पोख्रेल र उहांका श्रीमान् शुनिल पोख्रेलको सक्रियतामा आर्थिक सहयोग जुटाईएको कार्यक्रममा जानकारी गराएएको थियो । यस्तै भवन निर्माका लागि स्व.कमलापति गंगादेवी स्मृति प्रतिष्ठान, अग्नी गु्रप लगायतको ठुलो सहयोग रहेको छ । विभिन्न प्रतिष्ठान, स्थानीय सरकार, स्थानीय जनसहभागितामा दुईतले भवन निर्माण गरिएको उपभोतmा समितिका अध्यक्ष अर्यालले जानकारी दिए ।
दृष्टी विहिन स्रोत शिक्षक लोकनाथ सापकोटाको स्वागत तथा दृष्टी विहिन विद्यार्थीका विषयमा जानकारी, पत्रकार सम्झना शर्माको संचालन, मञ्जु पोख्रेलको धन्यावाद ज्ञापनमा सम्पन्न भएको कार्यक्रममा भीमराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
सो अवसरमा लुम्बिनी प्रदेशका सांसद निर्मला मुडवरी भटट्राई, सियारी गाउंपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्री प्रसाद श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष थम्मन बहादुर पौडेल,सियारी गाउंपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख थारु, प्रधानाध्यापक कृष्ण प्रसाद चौधरी, सहायक प्रअ कमला भण्डारी, लिलाराम कुन्तीदेवी प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपाने, जगदम्बा सिमेन्टका संचालक दुर्गा न्यौपाने, स्वर्गीय कमलापति गंगादेवी पन्थ स्मृती प्रतिष्ठानका संरक्षक कलाधर पन्थ, अग्नी गु्रपका संचालक नवराज पोख्रेल, राजकुमार पोख्रेल, भैरहवा संचार गृह प्रा.लिका प्रबन्ध निर्देशक दिपेश पछाई लगायतको आतिथ्यता थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख, समाजसेवी,शिक्षक,विद्यार्थी लगायतको उपस्थिति थियो भने दृष्टी विहिन विद्यार्थीहरुले गीत मार्फत अतिथिलाई स्वागत गरेका थिए ।