Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपालकै पहिलाे वातानुकुलित खोप केन्द्र मायादेवीमा


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०७७ मंगलवार
  • 1.1K
    SHARES

नेपालकै पहिलाे वातानुकुलित खोप केन्द्र मायादेवीमा

नेपाल न्युज कास्ट
भैरहवा । रुपन्देहीको मायादेवी गाँउपालिकाले नेपालकै पहिलो वातानुकुलित खोप केन्द्र स्थापना भएकाे छ। स्वास्थ्य कार्यालय रुपन्देहीको अवधारणामा गाँउपालिकाले वडा नम्बर ८ बसडिलवामा वातानुकिल कक्ष सहितको खोप केन्द्रको स्थापना गरेको हो।  जाडो वा गर्मी याममा बालबालिकामा हुने संक्रमणको जोखिम न्युनिकरण गर्न गुणस्तरीय खोप केन्द्रको सूचक मध्येको बतानुकुलित कक्ष स्थापना गरिएको मायादेवी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए। 
मौसमको जस्तो प्रतिकुलता भएपनि संवेदनशील अवस्थामा रहेका आमा र शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठनको मापदण्डमै नेपालको पहिलो वातानुकुलित खोप कक्षको स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख आत्रेयको भनाइ छ। सबै वडामा रहेका खोप केन्द्रहरुबाट प्रत्येक महिनाको १० गते देखि १४ गतेसम्म खोप सेवा र १९ गते देखि २३ गते सम्म गाउँघर क्लिनिकमा सेवा लिन सक्नेछन ।
रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले गुणस्तरीय खोप सेवा, बालबालिकाको अधिकार भएकोले मायादेवी गाँउपालिकाले सबै मापदण्ड पूरा गरी वडा नम्बर ८ मा नमुना काम गरेको बताए । ‘नेपालमा १६ हजार बढि खोप केन्द्रहरु छन्। ठूला अस्पतालका खोप केन्द्रहरुले पनि पूरा गर्न नसकेको सूचक मायादेवी गाँउपालिकाले पूरा गरेको छ ।’ खोप अधिकृत शर्माले भने। 
खोप केन्द्रको शुभारम्भ गर्दै मायादेवी गाँउपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले गाँउपालिकाको पहिलो प्राथमिकतामै स्वास्थ्य र शिक्षा रहेकोले एक वर्षमा गाँउपालिका१७ वटै खोप केन्द्रलाई वातानुकुलित बनाई खोप सेवा दिने बताए । मायादेवी ८ का वडाअध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, गाउँपालिका उपाध्यक्ष तारादेवी यादव लगायतले बोल्दै खोप सेवाबाट बञ्चित नवजात शिशु तथा बालबालिकालाई खोपको सेवामा ल्याउनु पर्ने बताए। 


लुम्बिनी चिन्तन

थप समाचार