होटल व्यवसायी महासंघ नेपालको ९ औं वार्षिक साधारणसभा भैरहवामा ।
भैरहवा पौष २४,
गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल छिट्रै संचालनमा आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताएउनु भएको छ ।
होटल व्यवसायी महासंघ, नेपालको ९ औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले मौसम ठीक हुनासाथ विमानस्थल दुई महिनामै सुचारु हुने बताउनु भयो । विमानस्थलमा क्यालिबे्रशन फ्लाइट (परीक्षण उडान) को तयारी भैरहेको बताउनु भयो । विमानस्थलमा लाइटिंग, एअर कण्डिशनिंग र इलेक्ट्रिक सप्लाईको काम भइसकेको छ उहाले भन्नु भयो । मौसम प्रतिकुल भएपछि विमानस्थल उद्घाटन गरेर दुई महिनामा सञ्चालनमा ल्याइने दाबी गर्नु भयो ।
‘विमान अवतरण गर्ने क्रममा केही भाग छुने भएकाले भारतले केही विषयमा अब्जेशन गरेको छ, त्यसका लागि मैले भारतको पर्यटन मन्त्रीसंग कुरा गरेको उहाले भन्नु भयो । यस बिषयमा भारतीय पक्ष सकारात्मक छ । यो कुरा म प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि जानकारी गराएको छु उहाले भन्नु भयो ।
अहिले कोभिडका कारण पर्यटन व्यवसाय धरासायी भएको बताउदै नारायणहिटी संग्रहालय, पशुपति विकास कोष लगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अघि बढेको बताउनु भयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हकिकुल्लाह खाँ, संविधानसभा सदस्य आदित्य नारायण कसौधन, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजु गुरुङ, होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष हिरा ध्वज शाह, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने लगायतले बोल्दै पर्यटन तथा होटल क्षेत्रमा भएका समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्ने बताउनु भयो ।
महासंघका अध्यक्ष हिराध्वज शाहले विभिन्न समस्याका बाबजुद पर्यटन विकास गर्न लागिपरेको बताउनु भयो । तर राज्यकातर्फबाट सहयोग नपाएको उहाले बताउनु भयो । ‘पर्यटन व्यवसायलाईृ पनि उद्योग सरह मान्यता दिएको भए पनि सेवा सुबिधामा भने बञ्चित गरिएको छ’, उहाले भन्नु भयो । तीन दिनसम्म चल्ने कार्यक्रममा सहभागी हुन मुलुकभरबाट होटल ब्यवसायी भैरहवा आएका छन् ।् शनिबार साधारण सभा पछि २५ र २६ गते लुम्बिनी प्रदेश सरकारको सहकार्यमा सिप बिकास तथा क्षमता अभिबृद्धि तालिम हुने छ ।
तालीममा एक सय बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको समन्वय गरेको होटल तथा रेष्टुरेष्ट ब्यावसायि संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिनु भयो ।