Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

३ अर्ब ५० करोडको लागतमा लुम्बिनीमा सडक, ढल, स्वागत गेट लगायतका कामहरु सुरु ।


  • लुम्बिनी चिन्तन
  • पौष २५, २०७८ आइतवार
  • 538
    SHARES

३ अर्ब ५० करोडको लागतमा लुम्बिनीमा सडक, ढल, स्वागत गेट लगायतका कामहरु सुरु ।


भैरहवा पौष २५,
लुम्बिनीलाई थप सुन्दरीकरण गर्नका लागी कोष भित्रको सडक , ढल, हरियाली पार्क, विद्यूतिकरण, स्वागत गेट लगायतको काम सुरु भएको छ । 
३ अर्ब ५० करोडको लागतमा सुरु हुन लागेको छुट्छुटै योजनाहरुको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले शिलन्यास गरेका छन् । लुम्बिनीमा आयोजीत एक कार्यक्रमका बिचमा पर्यटनमन्त्री आलेले दुई नंम्बर स्वागत गेटको शिलन्यास गरेका हुन । शिलन्यास कार्यक्रम अगाडी उनले कोषका पदाधिकारीहरुसंग कोषको बारेमा जानकारी लिएका थिए ।
सो क्रममा बोल्दै मन्त्री आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नदिने बताए । लुम्बिनी विकास कोषको अनुगमन, निरीक्षण भ्रमणका लागि लुम्बिनी पुगेका उनले पहिलो गुरुयोजना अन्र्तगत ३ अरव ५० करोडको लगानीमा बाँकी रहेका सडक, ढल, हरियाली पार्क, विद्यूतिकरण, स्वागत गेट लगायतको शिलान्यास गरेका थिए ।
बुद्धकै नामले लुम्बिनी मात्र नभइ हाम्रो देश विदेशमा चिनिएकाले लुम्बिनीको बिकासका लागी सबैको सकारात्मक सोच भए बजेटमा कुनै कमि आउन नदिने बताए । लुम्बिनीको जस्तै गुरुयोजना तत्काल निर्माण गरेर गौतम बुद्धले २८ बर्ष विताएर ज्ञान प्राप्त गरेको तिलौराकोट, मावली देवदह लगायत बुद्धसँग सम्वन्धीत क्षेत्रको विकास र विस्तारको लागी लुम्बिनी विकास कोषका पदाधिकारी लगायतलाई लाग्न समेत निर्देशन दिए ।  भ्रमणका अवसरमा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्राई, सुचना प्रमुख हरिध्योज राई लगायतले बुद्धसँग सम्वन्धीत लुम्बिनी क्षेत्र भित्रका महत्वपुर्ण स्थलको जानकारी गराएका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार