भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बिहीबारको खेल वेस्टर्न क्रिकेट क्लबलले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा देवदह क्रिकेट क्लबलाई १४६ रनले पराजित गर्दै वेस्टर्नले खेल जितेको हो ।
टस जितेर सुरुवाती व्याटिङ रोजेको वैसटर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेट गुमाउदै २२१ रन बनाएको थियो । जसका लागि विक्रम भुसालले ४९, राहुल कुमारले ४६, अनिल खरेलले नटआउट ३६ रन बनाए । बलिङमा देवदहका विकाश श्रेष्ठले ३, अर्जुन रायमाझी र संदीप पाण्डेले २÷२ तथा सुदिप जिसी र सुरज खड्काले समान १÷१ विकेट लिए ।
।
जवाफी ब्याटिङमा २२२ रनको लक्ष्य पाएको देवदहले २२ दशमलव ३ ओभरमा सबै विकेट गमुाउदै ७५ रनमात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि हार व्योहोरेको देवदह डिभिजन ए’ बाट ‘बी’ डिभिजनमा घटुवा भएको छ । जसका लागि सुदीप जिसीले नटआउट १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङ तर्फ वेष्टर्नका अनिल खरेलल ५, एकेन्द्र कुमारले २ तथा सन्देश थापा, हरजित सिंह र राहुल कुमारले १÷१ विकेट लिए ।

बिहीबारको खेलमा ६ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर सार्वधिक विकेट लिने अनिल खरेल म्यान अफ द म्याच भए ।
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको छ । शुक्रबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।