भैरहवा । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीलाई विकासको रोलमोडेल रहेको बताएका छन ।
बुटवल र भैरहवा अब दुईटा शहरको रुपमा नबुझी महानगरको निर्माणको लागि बेलहिया देखि बुटवल सम्म, देवदह देखि सैनामैना सियारी, सुद्धोधन समेटेर महानगर बनाउने गृहकार्य भइरहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं साधारणसभा तथा अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बुटवल एक्लै विकास गर्न सक्दैन, सिद्धार्थनगर एक्लै विकास हुदैन, आसपासका क्षेत्रको विकास जोडिएर मात्रै सबै क्षेत्रको विकास हुने भएकोले रुपन्देही विकासमा पछि नपरी रोलमोडेल रहेको बताए ।

‘म निजी क्षेत्र भएर समस्या सुन्छु तपाई अर्थमन्त्री भएर समस्यामा केन्द्रित भई छलफल गर्नुस सही र सार्थक निष्कर्शमा अवश्यक पुग्छौ यसका लागि म उद्योगी व्यवसायीहरुसँग छलफल गर्न इच्छुक र तत्पर रहेको छु’ अर्थमन्त्री पौडेलले भने ‘जिम्मेवारी पूर्वक परिस्थितीको सापेक्षतामा गर्नुपर्ने र गर्नसक्ने माग सुझावको रुपमा ल्याउनुस सम्बोधन गर्ने गरी जायज मागहरु सुन्न, कार्यान्वयन गर्न भूमिका म खेल्छु ।’
अर्थमन्त्री पौडेलले कोभिडले उद्योग व्यवसाय पर्यटन यातयात सेवा क्षेत्रलाई गम्भिर रुपमा प्रभावित बनाएपछि जोगाउन निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले नितिगत रुपमा सरकारले सहुलियत पुर्ण कर्जा, पुर्नकर्जा, लगायतका राहत र पुर्नउत्थानको कार्यक्रम अघि सारेको बताए । प्रभावकारी कार्यान्वयनका लागि नियम विनियम निर्देशिका निर्माण गरेर कोभिड प्रभावितलाई सम्बोधन गर्न चेष्टा गरेका छौ । मन्त्रीपरिषदबाट हिजो होटल, टुरिजम उद्योगी व्यवसायीहरुले कोभिडको समयको डिमाण्ड शुल्क छुट पाउने निर्णय भएको बताए ।

सरकारले देशमा शान्तिका लागि जिम्मेवारी बोधका कारण सिके राउत र विपल्ब समूहसँग सहमति गरेर शान्तिको प्रत्याभुत गरेको छ । विकासमा हामीले छलाङ मारेका छौ । देशभरको उद्योगी व्यवसायीहरुसँग समस्या मागेर महासंघका अध्यक्षले निजी क्षेत्रको मनोबलका साथ सम्बोधन हुने गरी निजी क्षेत्रको समस्या समाधान गर्न आत्तुर रहेको अर्थमन्त्री पौडेलले बताए ।
निजी क्षेत्रको मनोबलबढ्ने, प्रोत्सहित गर्ने र निजी क्षेत्रको लगानीकोलागि वातावरण बनाउने सरकारको अभिभारा हो । नयाँ आर्थिक वर्षको बजेटको लागि तयारीमा छौ, समस्यालाई बजेटको माध्यमबाट सम्बोधन गनूृ पर्ने रच्नात्मक सुझावका लागि अनुरोध गरे ।
विमानस्थलको छिटै नै पहिलो चरणको उद्घाटन गरी दोस्रो चरणको शिलान्यास अत्याधुनिक दोस्रो टर्मिनल भवनको गर्ने छौ । सिद्धार्थनगरलाई बुटवल, तौलिहवा, रामग्राम,, लुम्बिनी, तिलौराकोटसँग जोडेर विकास गर्ने अभियानमा छौ सिद्धार्थनगरलाई विकासको दृष्टिकोणमा पछाडी पर्न दिदैनौ । माग गर्नुस संघीय ढाचामा छौ माग सहारामा सर्मपित हुने विश्वास दिलाए ।
सघंका अध्यक्ष कुल प्रसाद न्यौपानेले संघको इतिहासबारे धारणा राख्दै सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, प्रदेश सभा सदस्य सन्तोस पाण्डे, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, महासंघका केन्दिय्र सदस्य महेन्द्र कुमार श्रेष्ठ, राजेश अग्रवाल, संघका पूर्व अध्यक्ष ओमकार गौचन, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी लगायतले आर्थिक र पर्यटकीय संभावनाहरु लगानी अभिबृद्धि गर्न , उद्योगी व्यवसायीहरुको समस्या समाधान र हकहीतको संरक्षणमा मात्र केन्द्रित नभई लगानी प्रवद्र्धन गर्ने, यहाँ रोजगारीको समेत प्रसस्त सम्भावना रहेको औंल्याए । मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्र मैत्री हुनु पर्ने र लगानीमैत्री वातावरण बनाउनु पर्ने, यस क्षेत्रका उद्योगी व्यवसायीले भोग्नु परेका समस्या समाधानको लागि संघले तीन तहकै सरकार, सरोकारवाला निकाय र संगठनहरुसँग पहलकदमी भुमिका खेल्नु पर्ने बताए ।

संघले साधारण सभाको अवसरमा आर्थिक क्षेत्रमा कलम चलाउदै आएका एपीवान टिभीका लुम्बिनी प्रदेश व्युरो प्रमुख राधेश्याम विश्वकर्मा र खबरपात्रो डटकमका सम्पादक दिपक घिमिरेलाई नगद सहित पुरस्कृत गरेको छ । त्यसैगरी रुद्र विलास तुलाचन सम्मानबाट साहित्यकार बुद्धराना, सबै भन्दा वढि तेश्रो मुलुक निर्यात गर्ने ऋषिकेश अग्रवाल, सबै भन्दा वढि भारत निर्यात गर्ने अनिल जाटिया, उद्योग, वाणिज्य तथा एशोसियटका पुराना सदस्यहरु समेत सम्मान गरेको छ ।
साधारण सभाको अवसरमा संघले परिसरमा रक्तदान समेत आयोजना गरेको थियो । संघका निवर्तमान अध्यक्ष रामकुमार शर्माको धन्यबवाद मनतव्य महासचिव नेत्र आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।