Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सदस्य पदका लागि मतदान हुदै , ८०९ मत खस्यो


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २२, २०७७ शनिवार
  • 860
    SHARES

सदस्य पदका लागि मतदान हुदै , ८०९ मत खस्यो

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि मतदान हुदैछ । नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केही सदस्यहरु निर्विरोध निर्वाचित भए बाकी सदस्यका लागि आज विहान ९ बजे देखि मतदान हुदैछ । खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि १९ जनाको, त्यसतै एक महिला उद्योग सदस्य तर्फ ४ जनाका र  उद्योग सदस्य तर्फ ५ पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन । दिउसो १ बजे सम्मको तथ्याङ अनुसार ८ सय ९ सदस्यले मतदान गरेका छन । विहान ९ बजे देखि ४ बजे सम्म मतदान हुनेछ, मतदान सम्पन्न भए पश्चात मतगणना र मतगण्ना पश्चात मतगण्नाको परिणम घोसणा गरिने मुख्य निर्वाचन अधिकृत गौडेलले जानकारी दिए । 

_DSC0307.JPG
२८ पद बाट नयाँ नेतृत्व चयनका लागि हालका वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपाने अध्यक्ष पदमा, बाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, महासचिव नेत्र न्यौपाने वाणिज्य उपाध्यक्षमा, उद्योग उपाध्यक्ष अरुण गोयन्का यस वर्ष देखि थपिएको करर्पोरेट उपाध्यक्षमा, कोषाध्यक्ष दिलीप कान्दु उद्योग उपाध्यक्षमा, सचिव विजय पाण्डे महासचिवमा, हालका मनोनित सदस्य दिपेन्द्र प्रधान सचिव पदमा र कोषाध्यक्ष पदका लागि अहिलेका कार्य समिति सदस्य गोबिन्द ज्ञवाली , महिला वाणिज्य सदस्यमा हालका कार्यसमिति सदस्य यमकला न्यौपाने, २ पद एशोसियट सदस्यका लागि रोहित अग्रवाल र विकास गोयन्का र बस्तुगत तर्फ कृष्ण प्रसाद घिमिरे सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन । 

_DSC0319.JPG
खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि हालका कार्यसमिति सदस्य प्रितम रौनियार, हरिश सेठिया, धर्मविर शर्मा, गौरब श्रेष्ठ, अर्जुन कार्की, गोपाल भण्डारी, गंगासागर अग्रहरी, त्रिलोकी प्रसाद तेली, संजय वेरिवाल, कमल मरासिनी, कृष्ण अधिकारी, रामबचन गुप्ता तेली, संचित खन्ना, प्रमोद रिजाल, दिनेश अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन, जवाहिर अग्रहरि सहित १९ जनाको उम्मेदवारी छ ।
त्यसतै एक महिला उद्योग सदस्य तर्फ हालकी महिला सदस्य पल्लवी  न्यौपाने सँगै सोही पदका लागि मिना पन्थी, अनिसा शर्मा र विष्णु माया शर्मा ४ जनाको उम्मेदवारी छ । 

_DSC0316.JPG
त्यस्तै उद्योग सदस्य तर्फ ५ पदका लागि हालका कार्यसमिति सदस्य रमेश घिमिरे, मंगल भण्डारी, सुरेन्द्र उपाध्याय, भुवन कान्दु सँगै उमाशंकर मिश्रा, ओम जैशी, हरि बहादुर थापा, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्साल, रचना क्षेत्री र सन्दिप पौडेल सहित ११ जनाको उम्मेदवारी छ ।
यसपटकको मतदानमा मतदाताले अनिवार्य रुपमा खुल्ला वाणिज्य तर्फ १० जनालाई र खुल्ला उद्योग तर्फ ५ जनालाई मत दिइने प्रावधान ल्याएको छ । संघका सदस्यमा यस वर्ष १९४६ सदस्य रहेका छन जस मध्ये १९०४ सदस्यले मात्र यस पटक मत हाल्न पाउने छन । बस्तुगत तर्फ ७, उद्योग तर्फ ३७५, कर्पोरेट तर्फ १३९ र वाणिज्य तर्फ १३८३ जना सदस्यको मताधिकार छ । 

_DSC0308.JPG_DSC0311.JPG_DSC0309.JPG


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार