Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

८२ प्रतिशत मत खस्यो, मतगण्ना ८ बजेबाट


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २२, २०७७ शनिवार
  • 820
    SHARES

८२ प्रतिशत मत खस्यो, मतगण्ना ८ बजेबाट

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि भइरहेको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि १५६५ सदस्यले मतदना गरेका छन ।

पदाधिकारी र केही सदस्यहरु निर्विरोध निर्वाचित भए बाकी सदस्यका लागि आज विहान ९ बजे देखि मतदान भइरहेको थियो । ४ बजेसम्म मतदान केन्दमा पुगेका मतदाताले मतदान गरेका छन । मुख्य निर्वाचन अधिकृत शिव गौडेलका अनुसार ८२ प्रतिशत मत खसेको छ , मतगण्ना गर्नका लागि सदर–बदर सहितको विषयमा उम्मेदवारहरुसँग छलफल भइरहेको छ, छलफल पश्चात ८ बजेबाट मतगण्ना हुनेछ । ३ ठाँउमा मतगण्ना गर्ने गरी तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

संघमा यस वर्ष  १९४६ सदस्य भएपनि १९०४ सदस्यलाई मात्र मताधिकार थियो । बस्तुगत तर्फ ७, उद्योग तर्फ ३७५, कर्पोरेट तर्फ १३९ र वाणिज्य तर्फ १३८३ जना सदस्यको मताधिकार थियो । खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि १९ जनाको, त्यस्तै एक महिला उद्योग सदस्य तर्फ ४ जनाका र  उद्योग सदस्य तर्फ ५ पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन । 
२८ पद मध्ये पदाधिकारी सहित केही सदस्य यसअघिनै निर्विरोध भइसकेका छन । खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि हालका कार्यसमिति सदस्य प्रितम रौनियार, हरिश सेठिया, धर्मविर शर्मा, गौरब श्रेष्ठ, अर्जुन कार्की, गोपाल भण्डारी, गंगासागर अग्रहरी, त्रिलोकी प्रसाद तेली, संजय वेरिवाल, कमल मरासिनी, कृष्ण अधिकारी, रामबचन गुप्ता तेली, संचित खन्ना, प्रमोद रिजाल, दिनेश अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन, जवाहिर अग्रहरि सहित १९ जनाको उम्मेदवारी छ ।
त्यसतै एक महिला उद्योग सदस्य तर्फ हालकी महिला सदस्य पल्लवी  न्यौपाने सँगै सोही पदका लागि मिना पन्थी, अनिसा शर्मा र विष्णु माया शर्मा ४ जनाको उम्मेदवारी छ । त्यस्तै उद्योग सदस्य तर्फ ५ पदका लागि हालका कार्यसमिति सदस्य रमेश घिमिरे, मंगल भण्डारी, सुरेन्द्र उपाध्याय, भुवन कान्दु सँगै उमाशंकर मिश्रा, ओम जैशी, हरि बहादुर थापा, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्साल, रचना क्षेत्री र सन्दिप पौडेल सहित ११ जनाको उम्मेदवारी छ ।


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार