भैरहवा । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति रुपन्देहीको २३औं जिल्ला प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ ।
सस्ंथाका अध्यक्ष कुलप्रसाद लामिछानेले नीति र कार्यक्रम विवरण प्रस्तुत गर्दै शिक्षाको सम्पूर्ण दायित्व संघीय सरकारको हुनुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने, शिक्षक पेशालाई मर्यादित पेशा बनाउन शिक्षकलाई थप सुविधा प्रदान , निजामती कर्मचारी सरह शिक्षकको सन्ततीवृत्ति , विद्यालय बाल मैत्री वातावरणको सुनिश्चितता आदि तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा बाेल्दै वक्ताहरूले शिक्षक संघ प्रजातन्त्र तथा लोकतन्त्रप्रति प्रतिबद्ध शिक्षकहरुको पेशागत संगठन भएको बताए । उनले संघले गरेका कार्यहरु, भावी कार्यक्रम, तीनै तहका सरकारहरुसंग राखिएका मागहरुको बारेमा जानकारी गराएका थिए ।
नेपाल शिक्षक संघंको कार्यालयको लागि भावी योजनामा घडेरी खरिद गर्ने, प्रत्येक इकाईमा प्रशिक्षण मार्फत संगठन सवलीकरण अभियान संचालन गर्ने, सेवा निवृत शिक्षक भेला आयोजना गर्ने शिक्षक सन्देश मुखपत्र प्रकाशन गर्ने, नेतृत्व विकास तालिम संचालन गर्ने, कुनै दुई पालिकामा महिला शिक्षक प्रविधि तालिम सुनिश्चितता लगायतका कार्यक्रम संचालन गर्ने बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि , जिल्लाका पूर्व अध्यक्ष , सदस्य , क्षेत्रीय अध्यक्ष पूर्व अध्यक्ष ,नेपाल टे«ड यूनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल शिक्षक संघ जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछानेको अध्यक्षता , नेपाल शिक्षक संध संघीय महासचिव सोम नाथ गिरीको प्रमुख आतित्थता तथा नेपाल शिक्षक संधका प्रदेश महासचिव लाल प्रसाद पंगेनीको विशिष्ठ आतित्थतामा होटल पिस नाइट पार्टी प्यालेसमा भएको कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि , जिल्ला सदस्य र क्षेत्रीय अध्यक्षका रुपमा रहेर नेतृत्व प्रदान गर्नु हुने सम्पूर्णलाई सम्मान गरिएको थियो । त्यतै उत्कृष्ट नगरपलिकामा बुटवल उपमहानगरपलिका र उत्कृष्ट गाउँपालिकामा मायादेवी गाउँपालिका सम्मानित भएको थियो । कार्यक्रमको स्वागत नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष इन्दु पौडेलले गरेका थिए भने संचालन नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सचिव राज महेन्द्र रायले गरेका थिए ।