Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिउवा मतगण्ना सम्पन्न 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २३, २०७७ आइतवार
  • 654
    SHARES

सिउवा मतगण्ना सम्पन्न 

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अधिवेशनले आगामी नेतृत्वका लागि नया कार्य समिति निर्वाचित भएका छन ।

शनिबार सम्पन्न मतदानबाट नयाँ नेतृत्वका लागि खुल्ला वाणिज्य सदस्य तर्फ संजय कुमार वेरिवालले सार्वधिक १०६० मत, त्यस्तै प्रितम रौनियारले १०५८, प्रमोद रिजालले १०४६, अर्जुन कार्की १०२५, धर्मवीर शर्माले १००७ , कमल मरासिनीले ९४९ , गोपाल भण्डारीले ८६४, गौरव श्रेष्ठले ८४०, अभिनव मयुर कसौधनले ८३७, हरिश सेठियाले ८३५ मत ल्याई विजयी भएका छन ।
त्यस्तै उद्योग खुल्ला सदस्य तर्फ मंगल भण्डारीले सार्वधिक १२८८ मत ल्याई विजयी भएका छन । यसैगरी रमेश घिमिरेले ९५०, रचना क्षेत्रीले ८०८, भुवन कुमार कान्दु ७५१ र हरि बहादुर थापाले ७३९ मत ल्याई निर्वाचित भएका छन । यस्तै उद्योग महिला सदस्य तर्फ पल्लवी न्यौपानेले सार्वधिक ६५१ मत ल्याई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए । 

_DSC0329.JPG
खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि १९ जनाको, एक महिला उद्योग सदस्य तर्फ ४ जना र  उद्योग सदस्य तर्फ ५ पदका लागि ११ जनाले उम्मेदवारी दिएका थिए । २८ पद बाट नयाँ नेतृत्व चयनका लागि हालका वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपाने अध्यक्ष पदमा निर्वीरोध निर्वाचित भएका छन ।

त्यस्तै ठाकुर कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, नेत्र न्यौपाने वाणिज्य उपाध्यक्षमा, अरुण गोयन्का यस वर्ष देखि थपिएको करर्पोरेट उपाध्यक्षमा, दिलीप कान्दु उद्योग उपाध्यक्षमा, विजय पाण्डे महासचिवमा, दिपेन्द्र प्रधान सचिव पदमा र कोषाध्यक्ष पदमा गोबिन्द ज्ञवाली सर्वसममत रुपमा निर्वाचित भएका छन । महिला वाणिज्य सदस्यमा यमकला न्यौपाने, २ पद एशोसियट सदस्यका लागि रोहित अग्रवाल र विकास गोयन्का तथा बस्तुगत तर्फ कृष्ण प्रसाद घिमिरे सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए । 

 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार