भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले उद्घाटन गदै विद्यार्थीमा लुकेका प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदसँगै आवश्यक पूर्वाधार निर्माणमा समेत जोड दिदैं खेलकुद मनोरञ्जनको लागि नभई स्वास्थ्य जीवन र राष्ट्रका लागि समेत आवश्यक रहेको बताए ।
कार्यक्रमको स्वागत गर्दे नगरपालिकाका शिक्षा प्रमुख चेतनशील लम्सालले शिक्षासँगै खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्ने बताए । आज देखि सुरु भएको प्रतियोगितामा यस क्षेत्रका विद्यालयकाको सहभागिता रहेको थियो । ३ दिन सम्म चल्ने प्रतियोगितामा भलिबल, एथलेटिक्स विधाका खेल भएको शिक्षा प्रमुख लम्सालले जानकारी दिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले गरेका थिए ।