Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अन्तरराष्ट्रिय महिला दिवसमा जेसिआई सिद्धार्थको अन्तरक्रिया 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २५, २०७७ मंगलवार
  • 906
    SHARES

अन्तरराष्ट्रिय महिला दिवसमा जेसिआई सिद्धार्थको अन्तरक्रिया 

भैरहवा ।  १११ औ अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा जेसिआई सिद्धार्थ लेडि नेपालले भैरहवामा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । 
महिला हिंसा बिरुद्ध सुरक्षा, कानुनी प्रावधान तथा सम्मानका लागी एक दिने बिचार गोष्ठि तथा अन्तरकृया कार्यक्रम आयोजना गरिएको जेसिआई सिद्धार्थको लेडि नेपाल अध्यक्ष रिमा न्यौपानेले बताइन । 
सिद्धार्थनगर नगरपालीकाका उपमेयर उमा काफ्लेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कानुन ब्यावसायि शिव प्रसाद गौडेलले प्रशिक्षण दिएका थिए । घरमै पनि कुनै न कुनै तरीका बाट महिलाहरु शेसित पिडित भैरहेको बताउदै प्रशिक्षक गौडेलले हरेक ब्याक्तीले कानुनको बारेमा ज्ञान लिन आबस्य रहेको बताए ।

jci.jpgप्रमुख अतिथी उपमेयर काफ्ले हरेक पालीकाहरुमा न्यायिक समिती पनि रहने भएकाले स साना देखी गंभिर प्रकृतीका मुद्धाहरुका बारेमा जानकारी लिन पनि अब महिलाहरुलाई सहज भएको छ, उप्रमुख पनि अधिकांस महिला रहेकाले खुलेर छलफल गर्ने वातावरण बनेको बताईन  । ओमसतिया गांउपालीका वडानं २ मा आयोजना भएको कार्यक्रममा जेसिजका पुर्ब अध्यक्षहरु , पदाधिकारीहरु , स्थानिय महिलाहरु ल्गायतको सहभागीता रहेको थियो । महिलाहरुलाई कानुनका बिषयमा समेत ज्ञान दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक अम्बिका घिमिरेले जानकारी दिईन ।


लुम्बिनी चिन्तन

थप समाचार