पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने (प्रेमी) बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्। पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्। विक्रान्त थारु, निराजन थारु, राजकुमार थारु र विश्वनाथ थारु १८ वर्ष माथिका हुन्। उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए। मानखोला बाँके र बर्दियाको सिमानामा पर्छ।
प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो। ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन्।
त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे। बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको फूलबारी भन्ने ठाउँमा पुगे। त्यसपछि उनीहरूले घरेलु मदिरा सेवन गर्दै जन्मदिन मनाउन थाले। ती किशोरीलाई पनि करकाप गरी मदिरा सेवन गर्न लगाए।
जब किशोरी मदिराले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बलात्कार गरे।
सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी विरुद्धको मुद्दा दायर गरी अनुसन्धान गरिएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
डीएसपी न्यौपानेका अनुसार कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगी (मतियार) को भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार शनिबार साँझ आफ्नो ‘बर्थ डे’ पार्टी मनाउन भन्दै हेमराजले ती किशोरीलाई बाँके र बर्दियाको बीचमा पर्ने मनाखोला भन्ने स्थानमा बोलाएका थिए । प्रेमीले बोलाएपछि बस चढेर आएकी उनलाई पहिला चौधरीले आफूसहित अन्य चार जना साथीलाई लिएर बढैया ताल घुमाउन लगेका थिए । त्यहाँबाट फर्केर मनाखोलाको फुलवारीमा आई मदिरा सेवनसहित बर्थे डे मनाउन सुरु गरेका उनीहरुले ती किशोरीलाई पनि मदिरा पिउन बाध्य पारेको बताइएको छ ।
मदिरा पिउँदै जाँदा किशोरी लठ्ठ परेपछि प्रेमी चौधरीसहित पाँच जनाले पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । सामूहिक बलात्कारका क्रममा बेहोस भएकी किशोरीलाई मोटरसाईकलमा चढाएर बैजनाथको विपरी भन्ने स्थानमा रहेको विक्रम थारुको गोठमा लगेर उनीहरुले सुताएका थिए । केही बेरपछि होस खुलेकी उनलाई फेरि निराजन र विक्रान्तले बलात्कार गरेका थिए ।
तत्पश्चात अर्धचेत बनेकी उनलाई मोटरसाइकलमा राखेर उनको घर लैजाँदै गरेको अवस्थामा नेपालगञ्ज–गुलरिया सडकखण्डको उढारापुरानमा प्रहरीलाई शंका लागेर सोधपुछ गरेको थियो । प्रहरीसमक्ष किशोरीले बलात्कारबारे बताएपछि तत्कालै तीन जना र क्रमशः अन्यलाई ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।