Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल भारत पुर्व सैनिक परिवार कल्याण संगठन भैरहवाद्धारा नगर सरसफाई तथा जनचेतना कार्यक्रम (फोटोफिचर)


  • लुम्बिनी चिन्तन
  • जेठ २९, २०७९ आइतवार
  • 724
    SHARES

नेपाल भारत पुर्व सैनिक परिवार कल्याण संगठन भैरहवाद्धारा नगर सरसफाई तथा जनचेतना कार्यक्रम (फोटोफिचर)

भैरहवा जेठ २९,


नेपाल भारत पुर्व सैनिक परिवार कल्याण संगठन भैरहवाले सिदार्थनगरमा नगर सरसफाई अभियान तथा जनचेतना कार्यक्रम सुरुवात गरेको छ । आईतबार देखी सुरु भएको अभियान सिदार्थनगरको १३ वटै वडाहरुमा संचालन गरिने संगठनका अध्यक्ष क्याप्टेन रेशम केशीले जानकारी दिनुभयो । 
नगरलाई कसरी सफा गराउन सकिन्छ भनेर बुद्धको नगरी पबित्र स्थानको सुन्दरताका लागी अभिायन सुरु गरिएको उहाले बताउनु भयो । संगठनले अबका दिनमा हरेक वडाहरुमा पुगेर सरसरफाईको लागी कमिटी बनाउने र उत्कृष्ठ सरसफाई गर्ने वडालाई पुरस्कृत गर्ने गरी अभियानलाई अगाडी बढाईएको उहाले बताउनु भयो ।

aa.jpg
भैरहवाको लुम्बिनी गेट बाट सुरु भएको सरसफाई कार्यक्रम बुद्धचोक , बर्मेलिटोल , नयासडक लगायतका स्थानहरुमा भएको थियो । सरसफाई अभियानको सिदार्थनगर नगरपालीकाका मेयर ईस्तियाक अहमद खांनले उद्धघाटन गर्दे नगरको सुन्दरताका लागी आफुले निरन्तर काम गर्दै आएको बताउनु भयो । नगरको मेयर पदमा निर्वाचित भए संगै सिदार्थनगरको फोहर ब्यावस्थापनका लागी अध्ययन गरिरहेको र अनुभबिहरु संग सुझाव लिईरहेको बताउदै छिटैनै नगरले फोहरबाट निकास पाउने बताउनु भयो । 
सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी बाट शसस्त्र प्रहरी निरिक्षकको कमाण्डमा २५ जनाको टोली पनि खटिएको थियो । त्यसैगरी सैनिक परिवारका सदस्यहरु जनप्रतिनीधीहरु लगायतले सरसफाई कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।

cc.jpgee.jpgbb.jpggg.jpg


लुम्बिनी चिन्तन

थप समाचार