भैरहवा असार ४
गांउपालिका उपाध्यक्षको आफन्तको मृत्यु भएपछि आज रुपन्देहीको र्मचवारी गांउपालीकामा सार्बजनीक बिदा दिईएको छ ।
गांउपालीका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने दुर्घटनामा मृत्यु भएपछि गांउपालीकामा सार्बजनीक बिदा दिईएको हो ।
गांउपालीका अध्यक्ष गया प्रसाद बरईले बिज्ञप्ती जारी गरी असार ५ गते आईतबार सार्बजनीक बिदा दिईएको उल्लेख गरेका छन् ।
गांउपालीका कार्यालय , वडा कार्यालय , बिध्यालय संघ संस्था सबैलाई बिदा दिईएको बिज्ञप्तीमा उल्लेख छ । साथै दुर्घटनामा मृत्यु भएका प्रति समबेदना प्रकट गरीएको छ । मृतक को परिचय भन्ने खुलेको छैन । उपाध्यक्षको देवर नाता पर्ने मात्र बिज्ञप्तीमा उल्लेख छ ।