Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पसिनाको मुल्य समयमा पाउनु पर्ने श्रमिकको माग 

अध्यक्षमा पुनः विश्वकर्मा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २६, २०७७ बुधवार
  • 1.1K
    SHARES

पसिनाको मुल्य समयमा पाउनु पर्ने श्रमिकको माग 

भैरहवा । श्रमको मुल्य समयमा पाउनुपर्ने श्रमिकहरुले माग गरेका छन । नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ ईकाई समिती भैरहवाको १२ औ साधारण सभा तथा चौथो अधिबेशनमा बोल्दै निर्माण श्रमिकहरुले काम गरे पछि श्रमको मुल्य पाउन कठिनाइ भइरहेको बताए । श्रमिकले काम सम्पन्न गरेपनि धेरै समय भुक्तनी रोकेर श्रम शोषण भएको भन्दै निर्माण श्रमिकलाई स्थानिय तहले पहल गर्नु पर्ने बताए ।

sramik (4).jpgसंघका नवनिर्मित भवनको उद्घाटन गर्दै पं्रमुख अतिथि नेपाल निर्माण तथा सम्बद्ध श्रमीक महासंघका अध्यक्ष जेबि गुरुङले श्रमिकहरुको विमा कार्यक्रम ल्याएर इकाई कार्यालयले महत्वपूर्ण काम गरेको बताए । इकाई कार्यालयले विमा निर्देशिका लागु गर्दै समितिमा आवद्ध सदस्यहरुले दुर्घटनाको वखत मजदुरले क्षतिपूर्तिको सुविधाका लागि ७ लाखको दुर्घटना विमा, ४० हजारको औषधी उपचार विमाको सुविधा ल्याए पनि संगठनका सदस्यलाई क्रियाशिल बनाउन इकाई कार्यालयले मेहनत गर्न पर्ने बताए । भैरहवा इकाईमा १२ सय बढि सदस्य आबद्ध भएपनि १८५जना मात्र नविकरण हुनु संगठनकै कमजोरी रहेको बताए ।

sramik (3).jpg
कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले एक ठाँउबाट नै सबै निर्माण सम्बन्धिको कामको सेवा दिने गरी व्यवस्थापन गर्न इकाई कार्यालयले पाहल गर्नु पर्ने बताए । घरधनि निर्माणकार्यमा धेरै भौतारिनु पर्ने हुदा घरबनाउने मात्र नभएर वाइरिङ, प्लम्बीङ, पेन्टीङ, टायल लगाउनेलाई एक ठाँउबाट सेवा दिनु पर्ने बताए । 
त्यस्तैै भैरहवा ट्रेड युनियन नगर सदस्य रामबहादुर गुरुङ, बुटवल इकाई संघका अध्यक्ष सुर्य देवदास, नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ जिल्ला अध्यक्ष बिर बहादुर राना, केन्द्रिय वरिष्ट उपाध्यष ओम प्रकाश चौधरी लगायतले बोल्दै एउटा मजदुरको समस्या सबै मजदुरको साझा समस्या रहेकोले एकापसमा हातेमालो र सहकार्य गर्दै अघि बढ्नु पर्ने, नेताको पछाडि होइन श्रमिकको हकहितमा हिड्नु पर्ने, श्रमिकको सम्मान अझै देशमा नभएकोले सबै नागरिकका लागि पाइने हक अधिकार जस्तै श्रमिकको हक अधिकार समेत सुनिस्चित हुनुपर्ने, मजदुर माथि हुने अन्याय हटाउनुपर्ने बताए ।

sramik (2).jpg
कार्यक्रममा संघमा आबद्ध सबै भन्दा बढि लेबी उठाउने ठेकेदार, सबै भन्दा बढि ढलान, सटरिङ, छठ बाद्ने सदस्यलाई नगद सहित सममान गरिउको थियो । त्यस्तै हालै मात्र सम्पनन भएको इकाई भवन निर्माण समितिमा रहेर अहोरात्र खटिने सदस्य, कर्मचारीलाई पनि सम्मानित गरिएको थियो । 
इकाई कार्यालय भैरहवाका अध्यक्ष रामविद्या विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद पासवानले आर्थिक प्रतिवेदन, सचिव चन्द्रिका धवलले अध्यक्ष र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संचालन सचिव धवलले गरेका थिए ।
एक हजार दुई सय बढि श्रमीक आबद्ध रहेका यस समितीमा साधारण सभाको अवसरमा  सबै भन्दाबढि काम गर्ने ठेकेदार, सटरीङ्गकर्ता,  ढलानकर्ता र जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

sramik (1).jpg
२०६३ सालमा श्रम नै शक्ति नै राष्ट्र शक्तिहो भन्ने नाराका साथ मजदुर तथा निर्माणकर्मीहरुको साझा सस्थाको रुपमा स्थापना भएको सस्थाले श्रमिकहरुको हकहितमा काम गर्दे आएको छ । समितिले यस वर्ष भुकम्प प्रतिरोधि भवन बनाउने तालिम केही लाई दिए पनि अबको वर्षमा अधिकांस सदस्यलाई आवश्यकता अन्ुसार तालिम प्रदान गरी दक्षता बढाउने, नविकरणलाई प्रभावकारी रुपमा लैजाने, सदस्यलाई क्रियाशिल बनाउन र सदस्यता बृद्धि गर्न योजना बनाई अगाडि बढ्नु पर्ने योजना रहेको सचिव धवलले बताए । 

sramik (5).jpg

अध्यक्षमा पुनः विश्वकर्मा
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ईकाई समिती भैरहवाको अध्यक्षमा पुन ः रामविद्या विश्वकर्मा सर्वम्मत रुपमा निर्वाचित भएका छन । ईकाई को १२ औ साधारण सभा तथा चौथो अधिबेशनबाट विश्वकर्मा निर्वाचित भएका हुन । 
यस्तै उपाध्यक्षमा शिजधन यादव, महिला उपाध्यक्षमा विन्द्रवति कोहार, सचिवमा चन्द्रिका धवल, कोषाध्यक्षमा रामप्रसाद पासवान चयन भएका छन । त्यसैगरी नानुमाया थारु, मनगाठु कोहार, घनश्याम धोबी, मोबिन जोलहा, कोमल थारु र भिम बहादुर हरिजन कार्यसमिति सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत प्रख्यात बन्जाडेले जानकारी दिए ।

156911660_371358580492242_8243606519293813544_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार