Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विदेशबाट फर्केर स्वदेशमा रेष्टुरेन्ट, शुक्रबार हेमन्त शर्मा एकल साझ


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २६, २०७७ बुधवार
  • 814
    SHARES

विदेशबाट फर्केर स्वदेशमा रेष्टुरेन्ट, शुक्रबार हेमन्त शर्मा एकल साझ

भैरहवा । भैरहवामा शुक्रबार पप तथा आधुनिक गायक हेमन्त शर्माको एकल साझ कार्यक्रम हुने भएको छ ।
हालै मात्र भैरहवाको बसपार्क नजिकै सञ्चालनमा आएको गोदावारी प्लाजाको आयोजनामा कोभिडबाट प्रभावित बनेको कला क्षेत्रलाई उकास्न तथा भैरहवाको विकास गर्न राष्ट्रिय स्तरको स्थानीय कलाकार हेमन्त शर्माको एकल प्रस्तुती गर्न लागिएको हो । 
१० वर्ष विदेशमा रेष्टुरेन्ट क्षेत्रमा काम गरी फर्केका अभिजित भुसालले विदेशमा सिकेका सीप र अनुभवलाई स्वदेशमै सस्तो र सुलभ दरमा सेवा दिने उद्देश्यका साथ प्लाजा सञ्चालनमा ल्याएका हुन । १ करोड २७ लाख बढिको लगानी, ५ कठ्ठा ५ धुर क्षेत्रफलमा २०७५ भदौ १ गते नै सञ्चालन गर्ने योजनाका साथ सञ्चालनमा ल्याउने भनेपनि कोभिडले प्रभावित बनाएको थियो । IMG_20210310_095427.jpg

अहिले विस्तारै देश पुरानै लयमा फर्कन लागेको अवस्थामा शुन्य अवस्थामा पुगेको स्टेज कला क्षेत्रलाइै उकास्न र भद्र परिवारलाई सास्कृतिक कार्यक्रमबाट मनोरञ्जन प्रदान गर्न एकल साझ कार्यक्रम आयोजना गर्न लागिएको कायृक्रममा संयोजनकर्ता हरि प्रसाद आचार्यले बताए । करिब १५० जोडीलाई सहभागिता गराउने लक्ष्यका साथ  शुक्रबार सांझ ५ बजेदेखि सुरु हुने छ । कार्यक्रम सहभागीका लागि प्रति व्यक्ति १ हजार ५ सय र परिवार सहित दुई जनालाई रु. २ हजार ५ सय (१० वर्ष मुनिको बालिकालाइ सहित) प्रवेश शुल्क तोकेएको छ, जसमा सांगितिक कार्यक्रमसँगै खानाको व्यवस्था पनि गरिएको आचार्यले बताए । 

IMG_20210310_095345.jpgपूर्व शिक्षक घनश्याम भुसाल र लक्ष्मी भुसालको लगानी अभिषेक भुसाल तथा अभिजित भुसालको सहकार्यमा घरको जस्तै स्वास्थ्यकर खान सस्तो मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ बसपार्क नजिकै, विमानस्थल र भारतियलाई लक्षित गर्दै प्लाजा सञ्चालनमा ल्याएको सञ्चालक भुसालले बताए । हामीले विदेश स्वादमा चिकेन चिल्ली, मटन साधेको, चिकन विरयानी, भेज रननभेज खान सहित ग्राहकको माग अनुसारको परिकार पस्किने गरी व्यवस्थापन गरेका छौ । म आफै पनि रेष्टुरेन्टको क्षेत्रमा विगत १० वर्षदेखि अनुभव लिएकोले आफ्नो प्रत्यक्ष निगरानीमा सेवामा खटिने छु । परिवारका अलावा ६ जनालाई प्रत्यक्ष रोजगार समेत दिएको प्लाजाले अहिले एक एक वटा हल र ओपन हल, रेष्टुरेन्ट सहित सेवा सुरु गरेको छ । निकट भविष्यमा ३ वटा १० जना अट्ने क्षमताको कटेज, एक वटा हल र ८ वटा वातानुकुलित रुम सहितको लजिङको व्यवस्था पनि थप गर्ने योजना रहेको छ ।   


लुम्बिनी चिन्तन

थप समाचार