Logo
२०८३, कार्तिक १४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १४ गते

सामूहिक विद्यालय परिवारको आयोजनामा लेखा व्यवस्थापन तालिम


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०७९ आइतवार
  • 356
    SHARES

सामूहिक विद्यालय परिवारको आयोजनामा लेखा व्यवस्थापन तालिम


भैरहवा असार २६ 
सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा एकदिने लेखा व्यवस्थापनसम्बन्धि तालिम सम्पन्न भएको छ । तालिममा लेखा, कर र लेखापरीक्षण सम्बन्धमा जानकारी गराइएको कार्यक्रम संयोजक बसन्त पाण्डेले बताउनु भयो ।
सामूहिक विद्यालय परिवार अन्तर्गत रहेका विद्यालयका प्राचार्य तथा लेखापालहरुका लागि तालिम आयोजना गरिएको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बताउनु भयो । तालिममा चार्टर एकाउण्टेण्ट दीपक अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।
सामूहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सचिव सिर्जना पाठकको सञ्चालनमा सम्पन्न कार्यक्रममा उजली कुमारी सुनार सोनी, मनोज कुमार यादव, बसन्त पाण्डे, महेश भुर्तेल, दीपक अधिकारी लगायतले बोल्नु भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार