Logo
२०८३, कार्तिक १४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १४ गते

रोट्रयाक्ट भैरहवाद्वारा ईप्रका ठाडामा पुस्तकालय स्थापना


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०७९ आइतवार
  • 368
    SHARES

रोट्रयाक्ट भैरहवाद्वारा ईप्रका ठाडामा पुस्तकालय स्थापना


भैरहवा असार २५ /
रोट्रयाक्ट क्लब अफ भैरहवाले अर्घाखाँचीको शितगंगा नगरपालिका–३ स्थित ईलाका प्रहरी कार्यालय ठाडामा पुस्तकालय स्थापना तथा खेलकुद सामग्री वितरण गरेको छ । 
शनिबार एक कार्यक्रमकाबीच क्लबले थुनुवा कक्षमा रहेका थुनुवाहरुका लागि किताब तथा खेल सामग्रीसहित पुस्तकालय (लाईबे्ररी) स्थापना गरेको अध्यक्ष अंकित पौडेलले बताउनु भयो । 
थुनुवाहरुलाई पुस्तकमार्फत नयाँ कुराको जानकारी र उहाँहरुको सोचमा परिवर्तन होस् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको पौडेलले जानकारी दिनु भयो ।
प्रा. डा. कपिलदेव लामिछाने र कैलाश बुक्स एण्ड स्टेशनरीबाट उपन्यास तथा लुडो, चेस लगायतका खेल सामग्री प्राप्त भएको कार्यक्रम संयोजक जीवन आचार्यले बताउनु भयो ।
अंकित पौडेलेको अध्यक्षता, ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक होम रेग्मी, रोट्रयाक्ट क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्मा, क्लबका पूर्व अध्यक्ष सरिता राना, किरण सापकोटा, निवर्तमान अध्यक्ष लक्ष्मण रेग्मी, जोन १८ का जेड.आर.आर. बिरु कुमार गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार