Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्ने कार्यालयबाट १५० बढी युवा युवती प्रहरी नियन्त्रणमा


  • लुम्बिनी चिन्तन
  • श्रावण ८, २०७९ आइतवार
  • 758
    SHARES

सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्ने कार्यालयबाट १५० बढी युवा युवती प्रहरी नियन्त्रणमा

भैरहवा साउन ८/

रूपन्देहीको तिलोत्तमा नगरपालिका २ बाट प्रहरीले १५० भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको छ। 

कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलीङ गरेको आरोपमा प्रहरीले जानकीनगरबाट भारतीयसहित नेपाली युवालाई नियन्त्रणमा लिएको हो।

४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर करिब ३ सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए।

294783669_7808526209221821_3261243507226809566_n.jpg

केसीका अनुसार अहिले मुचुल्का उठाउने काम भईरहेको छ।

प्रहरीका अनुसार एक जना भारतीय र ६ जना नेपालीको संयुक्त लगानी रहेको उक्त कार्यालयबाट  सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको पाइएको छ।
 
294742362_1608660496196047_321143250445436338_n.jpg290011036_748227769556045_2197688682205436933_n.jpg290011036_748227769556045_2197688682205436933_n.jpg

अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप जानकारी केही बेरमा सार्वजनिक गर्ने भएको छ।


लुम्बिनी चिन्तन

थप समाचार