दिनेश प्रसाद लोध ,
लुम्बिनी साउन ८/
रूपन्देहीको गैडहवा गाउँपालिकामा निर्वाचित प्रतिनिधिहरूले गरेको तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् । उनीहरूले केही समय अगाडि मात्र आएका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीलाई काम गर्न नदिने भन्दै एकसाता अघि गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए ।
उनीहरूले प्रमुख प्रशासकीय अधिकृत क्षेत्री आर्थिक अनियमिततामा मुछिएको आरोप लगाएका छन् । गैडहवा गाँउपालिकामा वडा नं. ३ को राजस्व स्वयम प्रशासकीय अधिकृतले दुरुपयोग गरेको प्रमुुख प्रशासकिय अधिकृत र कर्मचारी लाई किन कारवाही भएन , बाढी पिडित किसानहरु क्षतिपुर्ति सम्बन्धमा राहतको रकम किन किसानहरुलाई उपलब्ध गराउनुभएन गैडहवा गा पा कृषि शाखाको किसानले पाउनु पर्ने कृषि यन्त्र अहिलेसम्म किन खरिद भएन तथा बिनियोजित भएको रकम कुन ठाउँमा खर्च गरियो , गाउँपालिका प्रमुख प्रशासकिय अभिकृतले उपयोग गरेको भाडा गाडी तथा आवाशसुविधा किन दोहोरो सुविधा लिने , गांउपालिका कार्यपालिका वाट कुनै निर्णय नभई वडा र टोलमा कुन शिर्षक बाट मिस्कट खसालियो लगायतका बिभिन्न ११ बुदे माग राखेर गाउँपालिकाको कार्यालय ताला बन्दी गरेका हुन । साथै कार्यरत करारका कर्मचारी हटाउन नहुने उनीहरूको माग छ । वडा नम्बर २ का अध्यक्ष सरोजउद्धिन धुनिया, वडा नम्बर ३ का अध्यक्ष राम अजोर धुनिया, वडा नम्बर ४ वडा अध्यक्ष का सुरेन्द्र सिंह कुर्मी , वडा नम्बर ५ अध्यक्ष विजय कुमार शर्मा वडा नम्बर ६को राज कुमार लोध , वडा नम्बर ७ लाल बहादुर केवट लगायत सदस्यहरुले साउन २ गते ११ बुँदे माग गरी गाउँपालिकामा तालाबन्दी गरी गरेका थिए । वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मी आफूहरुले ११ बुँदे माग राखेर तालाबन्दी गरेको बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष सरेन्द्र पौडेलले अर्थहीन माग राखेर पालिकामा तालाबन्दी गरिँदा जनता सेवाबाट बञ्चित हुन पुगेको बताउनु भयो । रोजगार संयोजक पदमा कार्यरत मनिषा कार्कीलाई गाउँपालिकाले हटाएपछि विवाद शुरू भएको बताइएको छ । पालिकाका अध्यक्ष पौडेलले उनको काम कारबाही सन्तोषजनक नभएकाले हटाइएको दाबी गरे ।
प्रमुख प्रशासकीय अधिकृतले राजस्व हिनामिना गरेको आरोपमा पनि सत्यता नभएको पालिका अध्यक्ष पौडेलको दाबी छ ।