भैरहवा, १४ साउन ।
भैरहवा क्षेत्रमा नयाँ लायन्स क्लबको स्थापना भएको छ । लायन्स क्लब अफ भैरहवा युथको स्पोन्सरमा लायन्स क्लब अफ भैरहवा लिगेसी स्थापना भएको हो । रविकान्त उपाध्याय संस्थापक अध्यक्ष रहेको क्लबको ब्यानर शनिबार भैरहवामा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । क्लबको संस्थापक प्रथम उपाध्यक्षमा राजन शुक्ला, द्वितीय उपाध्यक्षमा विनित उपाध्याय, तृतीय उपाध्यक्षमा संजीव कुर्मी, सचिवमा नारायण प्रसाद कोइराला, कोषाध्यक्षमा गणेश न्यौपाने, सह–सचिवमा गोविन्द उपाध्याय र सह–कोषाध्यक्षमा विनिता राना रहेका छन् ।
त्यस्तै क्लब मेम्बरसिप चेयरपर्सनमा आकाश चौधरी, एलसीआई कोर्डिनेटरमा कन्हैया प्रसाद कलवार, सर्भिस चेयरपर्सनमा अवनिश त्रिपाठी, मार्केटिङ कम्युनिकेशनमा हृदयराम गुप्ता, टेमरमा श्याम यादव, टेल ट्वीष्टरमा प्रभा आचार्य र जनसम्पर्क अधिकारी (पीआरओ)मा रबिन्द्र प्रताप गुप्ता रहेका छन् ।
क्लबको अनरी एडभाइजरमा उमाशंकर पाठक, पंकज गुप्ता र श्रवण पाण्डे, गाइडलाइनमा विनोद खरेल, धिरज मल्लिक, एक्सटेन्सन चेयरपर्सनमा सन्तोष शुक्ला र अरुण कुमार मिश्रा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक डिष्ट्रिक गनर्भर नवराज न्यौपानेले सानो सानो कुराले मान्छेको मन छुने बताए । उनले क्लबलाई छुट्टै पहिचान दिने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसी स्थापना हुने महत्वपूर्ण कुरा भएको बताए । उनले भने,‘भित्री मनदेखि नै लायन्सबारे बुझे सेवाका हात अझ अघि बढ्छ । ’
डिष्ट्रिक ट्रेजरर विनोद खरेलले लायन्स क्लब अफ भैरहवा लिगेसीको टीम अत्यन्त उर्जाशिल र मिहिनेती रहेको बताए । उनले क्लबलाई आफ्नो साथ र सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।
डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले लायन्सले नयाँ नयाँ काम गरेको बताए । उनले गरीबी न्यूनीकरण गर्न लायन्स अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
एरिया चिफ संगम न्यौपानेले क्लबलाई कसरी बलियो बनाउने भन्नेतर्फ लाग्न आग्रह गरे । एरिया को–चिफ धिरज मल्लिकले लायन्सको माध्यमबाट सेवाको भावनाले अगाडि बढ्न मद्दत मिल्ने बताए ।
लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष रविकान्त उपाध्यायले यो क्लब कुनै संस्थासँग प्रतिष्पर्धा गर्न स्थापना नभएको स्पष्ट पारे । उनले लायन्स भैरहवा लिगेसीलाई सशक्त क्लबको रुपमा अगाडि बढाउने बताए ।
लायन्स क्लब अफ भैरहवा युथ वर्ष २०२१/२२ का अध्यक्ष सन्तोष शुक्लाले लायन्स भैरहवा युथको स्पोन्सरमा नयाँ क्लब स्थापना भएकोमा खुसी व्यक्त गरे । उनले क्लबलाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लायन्स भैरहवा युथ वर्ष २०२१/२२ सचिव क्षितिज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।