Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लव अफ सिद्धार्थनगर प्रोग्रेसिवद्धारा सिद्धार्थनगर नगरपालीकालाई दश थान डसविन हस्तान्तरण


  • लुम्बिनी चिन्तन
  • श्रावण १४, २०७९ शनिवार
  • 590
    SHARES

लायन्स क्लव अफ सिद्धार्थनगर प्रोग्रेसिवद्धारा सिद्धार्थनगर नगरपालीकालाई दश थान डसविन हस्तान्तरण


भैरहवा साउन १४,
लायन्स क्लव अफ सिद्धार्थनगर प्रोग्रेसिवले सिद्धार्थनगर नगरपालीकालाई दश थान डसविन हस्तान्तरण गरेको छ ।
क्लबको बार्षिक कार्यक्रम अन्तरगत  नगरपालीकालाई दश थान डसविन हस्तान्तरण गरेको कार्यक्रम संयोजक अरुण बस्यालले जानकारी दिनु भयो ।
कार्यक्रममा डिस्ट्कि ३२५ पि का गर्भनर पि एम जे एफ लायन नवराज न्यौपानेले वातावरणको क्षेत्रमा घर बाटै काम सुरु गर्नु पर्ने बताउदै प्रोग्रेसिवले गरको कार्यक्रम सराहनिय रहेको बताउनु भयो । वातावरणका क्षेत्रमा हामी प्रतिबद्ध हुनु पर्दछ  हेर्दा हामीले सामान्य जस्तो देखीने कुराले पनि वातावरणमा धेरै असर पार्ने न्यौपानेले बताउनु भयो ।
सो अवसरमा बोल्दै डिस्ट्र्रिक ३२५ पि का बिशिष्ठ सल्लाहकार प्रेम कुमार सेन्चुरीले नगर फोहोर भए आन्तरिक तथा बाह्य पर्यटक आउदा नगरको सुन्दरता माथी प्रश्न उठ्ने भएकाले भैरहवा क्षेत्रमा रहेका सबै लायन्सहरु मिलेर नगर सफाई अभियानको सुरुवात गर्नु पर्ने सुझाव दिनु भयो ।

wwwwwwwwwww.jpg
क्लबले जुलाईमा वातावरणका क्षेत्रमा गर्ने फरक फरक कार्यक्रम अन्तरगत प्रोगे्रसिवले फोहर ब्यावस्थापनका लागी डसविन बितरण गर्ने कार्यक्रम गरेकोमा एरिया चिफ लायन संगम न्यौपानेले बधाई दिनु भयो ।
लायन्स क्लब अफ सिदार्थनगर प्रोग्रेसिवले हस्तान्तरण गरेको डसविन ग्रहण गर्दै सिद्धार्थनगर नगरपालीका वडानं १२ का वडाअध्यक्ष कुमार गुरुड.ले क्लब संग समन्वय गरेर सरसफाईको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
डसविन हस्तान्तरण गर्दै क्लबका अध्यक्ष सुनिल सेन्चुरीले नगरको बिभिन्न स्थानहरुमा राख्नका लागी दश थान डसविन नगरपालीकालाई हस्तान्तरण गरेको बताउनु भयो । क्लबले डसविन हस्तान्तरण गरेर मात्र नभई यसलाई संम्रक्षण समेत गर्ने बताउनु भयो । यो हाम्रो अभियान निरन्तर चलिरहने बताउनु भयो ।
कार्यक्रममा लायन्स क्लब अफ सिदार्थनगर ग्रिन सिटिका अध्यक्ष श्री रायमाझी लगायतले बोल्नु हुदै नगरको फोहर मैला ब्यावस्थापन र सरसफाईका क्षेत्रमा क्लबले राम्रो काम गरेको बताउनु भयो । कार्यक्रममा एरिया सेक्रटरी दिपक कौसल , एरिया ट्रेजर विनय कसौधन , रिजन चेयर पर्सन रचना क्षेत्री लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संजोग राज तिवारीको संचालनमा सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार