भैरहवा साउन १४
नेपाल अर्डिटस एशोसिएसन (अडान)ले १७औ स्थापना दिवसको अवसरमा बधाई तथा सम्मान कार्यक्रम सम्पन गरेको छ ।
अडान लुम्बिनी प्रदेश कार्यसमितीको आयोजनामा भएको कार्यक्रममा छैठौ राष्ट्र्रिय अधिवेशनमा लुम्बिनी प्रदेश बाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी , सदस्य , सल्लाहकारहरुलाई सम्मानित गरिएको अडानका अध्यक्ष ओम बहादुर मल्ले जानकारी दिनु भयो ।
प्रदेश कार्य समितीका अध्यक्ष ओम बहादुर मल्लको अध्यक्षता अडानका द्धितिय उपध्यक्ष अब्दुल करीम खाँको प्रमुख आथित्यतामा सम्मानित गरिएको हो । कार्यक्रममा द्धितिय उपाध्यक्ष अण्दुल करीम खां उपाध्यक्ष रमेश केसी , उप–महासचिव सावित्री शर्मा , सचिव नेत्र प्रसाद ज्ञवाली , सल्लाहकार गोविन्द प्रसाद रेग्मी र श्रीधर राज शर्मा लाई सम्मानित गरिएको थियो ।
त्यसैगरी सदस्यहरु चन्द्रकान्त भटराई , नारायण प्रसाद घिमिरे, दिपक प्रसाद रेग्मी , मोहम्मद जुवेर राई , अनिता कुमारी श्रेष्ठ , राम चन्द्र पन्थी र गणेश पहारीलाई प्रमुख अतिथि अध्यक्ष लगायतले प्रमाण पत्र दिइ सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले उडान आफ्नो काममा सक्रियताका हिसावले बढी रहेको बताउदै उडानको उदेश्यलाई प्राप्त गर्नका लागि हामी सबै आ आप्नौ स्थानबाट लाग्नु पर्ने बताउनु भयो । अडानको गरिमालाई कायम राख्न निम्ति पनि उहाले आग्रह गर्नु भयो ।
कार्यक्रमका अतिथि जिल्ला अध्यक्ष राम प्रसाद पौडेल , केन्द्रिय सदस्य चन्द्र कान्त भट्टराई ,केन्द्रिय सचिव नेत्र प्रसाद ज्ञवाली , केन्द्रिय उपमहासचिव सावित्री शर्मा , केन्द्रिय उपाध्यक्ष रमेश के.शी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम ओम बहादुर मल्लको अध्यक्षता , उपाध्यक्ष गणेश राज श्रेष्ठको स्वागत र सचिव बिष्णु प्रसाद बस्यालको सन्चालनमा सम्पन्न भएको थियो ।