दिनेश प्रसाद लोध , लुम्बिनी साउन १९/
कार्यपालिका बैठकमा जनप्रतिनिधिको सहमति भएपछि ताला १७ दिन पछि खोलिएको गैडहवा गाउँपालिकाका सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिए । कार्यपालिका बैठकमा सबैको सहमति भएपछि तालाबन्दी खोलिएको हो अब निरन्तर कार्यालय सञ्चालनमा रहनेछ ।
गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै जनप्रतिनिधिले साउन २ गते ११ बुदेमाग राखि कार्यालयमा तालाबन्दी गरेका थिए ।
गैडहवा गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीलाई सरुवा गर्ने सहमतिमा ताल्चा खुलाएको वडा नं. ४ वडा अध्यक्ष सुरेन्द्र कुर्मी जानकारी दिनुभयो । करार कर्मचारीको बिषयमा कार्यपालिकामा छलफल गर्नुपर्ने करार कर्मचारी ब्यवास्थापन कार्यबिधि अनुसार आवश्यक कार्यवाही गर्ने गराउने गाँउपालिका तथा वडाहरु हरेक योजना पारर्दशी हुनु पर्ने सहमती भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले दुई पांग्रे सवारी फिर्ता, सबै वडाबाट संकलनहुने राजस्वको प्रत्येक वडावाट संकलन भई प्रतिबेदन लिई मासिक विवरणबारे जानकारी गराउने , गाँउपालिका तथा वडाका विभिन्न शाखाका कार्यालयमा राम्रो काम सहितको कार्य सम्पादन गर्ने , जनप्रतिनिधि र कर्मचारीलाई सम्मान गर्ने , बिभिन्न सेवा सुविधाहरुको बारेमा नियमित अनुगमन र मुल्यांकन गरी अनावश्यक सुबिधाहरुको नियमन गर्ने गराउने जस्ता बिषयमा सहमति भएको कुर्मीले जानकारी दिनु भएको ।