भैरहवा साउन २४/
लुम्बिनी शिक्षा निकेत मायादेबी ४ रुपन्देही ले एस ई ई पास भएका बिद्यार्थीहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी क्षेत्र भित्रका बिद्यालयहरु मध्य यो बिधालयले एस ई ई परिक्षामा अग्रस्थान हासिल गरेको छ । बिद्यार्थीहरुलाइ बधाई तथा सम्मान गरिएको यस कार्यक्रममा गोबिन्द ज्ञवालिको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो , यस कार्यक्रममा प्राध्यापक सन्जय कुमार कर्णको पनि मन्तव्य राख्नु भयो ।

उपस्थिति रहेको थियो, यश कार्यक्रमको कार्यक्रम सन्चालिका बिनिता सुबेदि र यश कार्यक्रममा स्वागत मन्तव्य निराजन गुप्ता ले दिनु भएको थियो त्यसैगरी अभिभावकको तर्फबाट अभु सामाङ मुसलबानले एस ई ई उतिर्ण बिद्यार्थीहरुलाइ बधाई दिनु भएको छ । यस कार्यक्रममा मा बि संयोजक दिवाकर भुसाल, निमाबी संयोजक दिनेश कुमार यादव, प्रा.वि संयोजक जोखन प्रसाद यादबको उपस्थिति थियो त्यसैगरी शिक्षकहरुमा , लक्ष्मी जि सि , यसोधा खड्का, रितु श्रीवास्तब , सुबास बि क , श्याम मोहन यादब , सुनिल यादब ,लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यस बिद्यालयबाट SEE मा उपस्थित ५२ जना बिद्यार्थीहरु मध्य , A+ ल्याउने बिद्यार्थीको सङ्ख्या २ जना रहेको छ त्यसैगरी A ल्याउने बिद्यार्थीको सङ्ख्या १९ जना , B+ ल्याउने बिद्यार्थीको सङ्ख्या १९ जना र c+ ल्याउने बिधार्थिको सङ्ख्या १२ जना रहेको छ । यस कार्यक्रममा A+ ल्याउने बिद्यार्थीलाई ५०००, A ल्याउने बिद्यार्थीहरुलाइ २५०० रुपैया पुरस्कार स्वरुप हस्तान्तरण गरिएको छ त्यसैगरी अन्य ग्रेड त्यौने बिद्यार्थीलाई मायाको चिनो प्रधान गरिएको अध्यक्ष ज्ञवालिले जानकारी दिनुभयो ।

बिधालयको ब्यबस्थापनलाई ध्यानमा राखि अझै राम्रा बिद्यार्थीहरु उत्पादन गरि यश क्षेत्रकै नमुना बिद्यालय बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो त्यस्तै प्रधानध्यापक कर्णले शैक्षिक गुणस्तरमा ध्यान दिई यश क्षेत्रकै नमुना बिधालय बनाउने कुरामा अझै प्रभावकारी तरिकाबाट ढङ्गबाट अगाडि बढ्ने प्रतिबद्धता दिनुभयो ।