Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बेलहिया सडकका ठेकेदारले भने- शनिवार देखि काम सुरु गर्छौँ


  • लुम्बिनी चिन्तन
  • श्रावण २४, २०७९ मंगलवार
  • 808
    SHARES

बेलहिया सडकका ठेकेदारले भने- शनिवार देखि काम सुरु गर्छौँ

भैरहवा, २४ साउन ।

बेलहिया-बुटवल व्यापारिक मार्ग आयोजना अन्तर्गत रुपन्देहीको बेलहिया नाका क्षेत्रमा अलपत्र पारिएको सडक निर्माण कार्य शनिवार देखि सुरु गर्ने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएको छ ।

बेलहिया-बुटवल व्यापारिक मार्ग आयोजना अन्तर्गत निर्माणधिन सडक अलपत्र पारिएपछि सोमबार ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन सहित सरोकारवालाहरुको बैठकले बुटवल र सिद्धार्थनगर क्षेत्रमा अलपत्र रहेको सडक छिट्टै सम्पन्न गर्नुपर्ने सहित प्रमुख प्रशासकिय अधिकृतहरुको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिती निर्माण गरिएको थियो ।

सोही निर्णय अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिकामा सडक निर्माणका लागि बसेको बैठकमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित श्रेष्ठले आफुले साउन २८ गते (शनिवार) देखि निर्माणकार्य सुरु गर्ने प्रतिवद्घता जनाए । उनले साईट क्लियर भएको स्थलमा आफुले निर्माण सुरु गर्ने दशैँसम्म सम्पन्न हुने गरि काम गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले मुलुक/नगरको सौन्दर्यकरणका लागि निर्माण व्यवसायीको पनि भुमिका रहने भएकोले भुमिका खेल्न आग्रह गरे । उनले फुलमाला लगाएर पठाउन सक्ने गरी गुणस्तरीय काम छिटो सम्पन्न गर्न आग्रह गरे । विशेष अनुगमन सहजीकरण समितीका संयोजक सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यलले शनिवार देखि सुरु हुने सडक निर्माणको आफुहरुले अनुगमन गर्ने र नागरिकलाई सास्ती नहुने गरी निर्माण सम्पन्न गर्न आग्रह गरे ।

बैठकले साईट क्लियर भएको स्थानमा साउन २८ गते देखि सब-बेसको कार्य गर्ने, साईट क्लियर नभएको स्थानमा नगरपालिका लगायत सरोकारवाला निकायहरुबाट आवश्कता अनुसार यथोचित सहयोग तथा समन्वय गर्ने निर्णय भएको समिती संयोजक एंव नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पैड्यालले बताए । त्यस्तै निर्माण व्यवसायीले पेश गरेको कार्य योजनाअनुसार समयमै कार्य पूरा गर्ने र आयोजना कार्यालयले प्रभावकारी अनुगमन गर्ने, समितीको बैठक कम्ती १५ दिनमा बस्ने निर्णय भएको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार