सरस्वती गौडेल , भैरहवा साउन २४/
रिलायवल नेपाल लाईफ ईन्सुरेन्स भैरहवा शाखाको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
शाखा प्रमुख गणेश गैरेको अध्यक्षता तथा कम्पनीका एम डि आर टि द्धय पशुपती बस्याल र कमला जिसि कुवरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

एजेन्सी म्यानेजर ओम प्रसाद सुबेदीको स्वागत तथा फाईनान्सियल एडभाईजर सरस्वती गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पशुपती बस्याल , कमला जिसि कुवर , बिशिष्ठ अतिथी रिजनल म्यानेजर सुरेन्द्र थापा , बुटवल शाखाका शाखा प्रमुख ईश्वर पाण्डेय , एजेन्सि म्यानेजर दिनेश मुराव , अलिशा भट्र्रराई , चन्दन पाण्डेय , ओम प्रकाश सुवेदी , कविता थारु , रमेश चौहान , दुर्लव पोख्रेल र दिपा बन्जाडे लगायतले आ आप्नौ भनाई राख्नु भएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष २०७८।७९ मा सर्बउत्कृष्ठ ब्यावसाय गर्ने कम्पनीका एजेन्सी म्यानेजरहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । कार्यक्रममा बुटवल शाखाका प्रमुख ईश्वर पाण्डेयले जिवन बिमाको बारेमा प्रकाश पार्नु भएको थियो ।
सो क्रममा प्रमुख अतिथी द्धय बस्याल र जिसिले नया अभिकर्ताहरुलाई आप्नौ अनुभव सेयर गर्दै काम गर्न प्रोत्साहन गर्नु भएको थियो । कार्यक्रममा शाखा प्रमुख गणेश गैरेले नया अभिकर्ताहरुलाई राम्रो ब्यावसाय गर्नका लागी आग्रह गर्नु भएको थियो । (प्रशिक्षार्थी )