Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मेगा बैंक नेपाल लिमिटेडद्धारा बर्दघाट स्थित जानकी प्रा.वि. लाई शैक्षिक सामाग्री सहयोग


  • लुम्बिनी चिन्तन
  • भाद्र १, २०७९ बुधवार
  • 440
    SHARES

मेगा बैंक नेपाल लिमिटेडद्धारा बर्दघाट स्थित जानकी प्रा.वि. लाई शैक्षिक सामाग्री सहयोग

भैरहवा साउन ३१/

मेगा बैंक नेपाल लिमिटेडले बर्दघाट नगरपालिका–३ मा रहेको श्री जानकी प्रा.वि. लाई शैक्षिक सामाग्री(झोला) सहयोग गरेको छ ।

लुम्बिनी प्रदेशमा कार्यरत बैंकका कर्मचारीहरुले स्वेच्छिक रुपमा रकम संकलन गरीएको रकम बाट झोला हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सो बिधालयमा रहेका बिद्यार्थी मध्ये ४२ जना बालबालिकाको पठनपाठनमा राहत पुगोस भन्ने उद्देश्यले झोला वितरण गरिएको हो ।

m1.jpg

उक्त कार्यक्रम मेगा बैंक लि.का प्रदेश प्रमुख श्री विश्व पौडेलको अध्यक्षता, प्रमुख अथिति बर्दघाट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री प्रकास चन्द्र अधिकारी, अतिथि विद्यालय प्र.अ बहुरन प्रसाद कुर्मि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर लामिछाने, भु.पु बर्दघाट नगरपानलिका–३ का अध्यक्ष रुद्र प्रसाद न्यौपाने, समाजसेवी राम प्रसाद न्यौपाने, गोपी प्रसाद न्यौपाने को आथित्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य मेगा बैंक बर्दघाट शाखा प्रमुख ज्ञानेन्द्र पोख्रेल कार्यक्रमको उद्देश्य माथि भैरहवा शाखा प्रमुख मिलन पुनले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन बुटवल साखा प्रमुख अमृत थापाले गर्नुभएको थियो ।

m2.jpg

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेलले निस्वार्थ भावनाका साथ बैंकका कर्मचारीले पनि सामाजिक कार्यक्रममा सहयोग गर्न सकिन्छ भन्ने मन्तब्य राखदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

यस अघि संकलित रकम बाट लुम्बिनी प्रदेश स्थित नेपालगञ्जको मानवसेवा आश्रम, दाङ्गको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र , पाल्पाको अभियान नेपाल सस्था , रुपन्देहीको सियारीमा रहेको बिरेन्द्र माबीका दृस्टीबिहिन स्रोतका बिद्यार्थीहरुलाइ र रुपन्देहीकै सैनामैना नगरपालिकामा रहेको बौद्धिक अपांगता सेवा केन्द्रलाइ खेलकुद तथा शैक्षिक सामाग्री लगायतका विभिन्न सामाग्रीहरु वितरण गरि सहयोग गरेको मेगा बैंक लुम्बिनी प्रदेश बजारीकरण प्रमुख आबिश्कार खनालले जानकारी दिनुभयो ।


लुम्बिनी चिन्तन

थप समाचार