Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर उपप्रमुख दोस्रो महिला कप प्रतियोगिता सुरु, पूर्व मन्त्री भुसालले गरे उद्घाटन


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २८, २०७७ शुक्रवार
  • 894
    SHARES

सिद्धार्थनगर उपप्रमुख दोस्रो महिला कप प्रतियोगिता सुरु, पूर्व मन्त्री भुसालले गरे उद्घाटन

भैरहवा । सिद्धार्थनगर उपप्रमुख दोस्रो महिला कप प्रतियोगिता आजबाट भैरहवामा सुरु भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित गत वर्ष देखि आयोजना हुदै आएको प्रतियोगिताको आज प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले उद्घाटन गरेका हुन ।
खेलको उद्घाटन गर्दै नेता भुसालले स्थानीय सरकारको आयोजना छात्राहरु बीच मात्र भएको यो प्रतियोगिता नगरको विकासका लागि लामो श्रृखलाको ठूलो कडी रहेको बताए । नागरिक केन्द्रित विकास भएन भने मुलुक बन्न नसक्ने बताउदै मान्छेको पनि बालबालिका केन्द्रित विकास भएन भने मुलुक बनाउनुको साटो झन विगारेर जाने बताए । 
ठेक्का पट्टाको लोभमा ठूला ठूला बाटो, सिमेन्ट, ढुङाको विकास गर्ने तर बालबलिका तथा उनको जीवनको कुरा नगर्ने प्रवृति देखा परेको छ । लोभका कारण अनावश्यक अनुपयुक्त विकास भइरहेको छ, चिन र भारतमा जुन रुपमा विकास हुदैछ, यदी हामीले समयमा विचार गरेनौ भने हामीले ति देशको तुलनामा बालबालिकालाई प्रतिस्पर्धी नबनाएर दरबान मात्रै बनाउन सक्ने बताए । 
हाम्रो बालबालिकालाई गुणस्तरीय मानसिक र शरीरिक शिक्षा दिदै सम्पूर्ण विकासको संकल्प बालबालिकालाई बनाउने हो । छात्राहरु बीच भएको यो प्रतियोगिता नगरको विकासका लागि लामो श्रृखलाको ठूलो कडी हो । सविधानले अधिकारहरु स्थापित गरेको छ, गुाण्स्तरीय शिक्षाका लागि तिनै तहको सरकार एक भएर काम गरायौँ भने मुलुकको मुहार १० वर्षमा फेर्न सक्छौ । 
त्यस्तै विशिष्ट अतिथी संविधान सभा सदस्य आदित्य नारायण कसौधन, नगर प्रमुख हरि अधिकारीले खेलकुदमा महिलाको पहुचलाई सुनिश्चतता गर्न, विद्यालयका छात्राहरुमा सिप कला कौशल प्रदर्शन गर्न यो प्रतियोगिताले भुमिका खेल्ने बताए । 
महिलाहरुलाई पुरुषसँग प्रतिस्पर्धा ग्राह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर अहिले दोस्रो पटक प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमकी अध्यक्ष उमा काफ्लेले बताइन । गत वर्ष कोभिड महामारीले हामी भलिबल, तेकवान्दोे र वकृत्वकला प्रतियोगिता आयोजना गरेपनि यस वर्ष विद्यालयका साना भाइबहिनीहरुको सहभागिता होस भन्ने उद्देश्यले दौड, रिले दौड, लङजम्प, सटपुट, २ समूहमा बर्गिकरण गरी र कक्षा १० सम्मका छात्राहरुलाई सहभागीतामा भलिबल र बकृत्वकला प्रतियोगिता आयोजना गरिएको उपप्रमुख काफ्लेले बताइन ।
सिद्धार्थनगर नगरपालिकाका २७ विद्यालयका छात्राहरुले खेलमा सहभागिता जनाएको खेल संयोजक विष्णु पन्थीले बताए । प्रतियोगिताको उद्घाटन पूर्व नगर परिक्रमा गरिएको थियो, भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको ¥याली खेल मैदान स्थल संघीय इकाई प्रहरी कार्यालय परिसरमा पुगेर मार्च पास गरेको थियो । सिद्धार्थनगर नगरपालिकाको आयोजना र सामूहिक विद्यालय परिवारको व्यवस्थापनमा सुरु भएकोे प्रतियोगिताका विजेताले रनिङ सिल्ड सहितको पुरस्कार पाउने छन । गत वर्षको विजेता आदर्श विद्या मन्दिरले रनिङ सिल्ड पाएको थियो ।
  


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार