Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दुर्गा सामुदायिकमा पुनः  श्रेष्ठकाे नेतृत्व


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २९, २०७७ शनिवार
  • 1.3K
    SHARES

दुर्गा सामुदायिकमा पुनः  श्रेष्ठकाे नेतृत्व

भैरहवा । दुर्गा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सिनपा वार्ड न.३,५ र ६ को वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन भैरहवामा सम्पन्न भएको छ । 
अधिवेशनले पुन: राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सात सदस्यिय नयां कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मधुसुदनअर्याल, उपाध्यक्षमा अजयकुमार गुप्ता, महासचिवमा शैलेन्द्र कुमार तुलाधर, सचिवमा शान्ता कंडेल ,कोषाध्यक्षमा नन्द किशोर यादव र सहकोषध्यक्षमा आनन्द न्यौपाने निर्वाचित भएका छन । 
 त्यसैगरी सदस्यहरुमा रविना भण्डारी खत्री, सुक बहादुर आले, शेर बहादुर थापा मगर, कल्पना ज्ञवाली, रश्मी भट्टराइ र लक्ष्मी सिंह चयन भएका छन । ss.jpg

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोखरेलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खेल्नुपर्ने भुमिकाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा शसस्त्र प्रहरी बलका डिएसपी निराकार शुक्ला, संस्थापकअध्यक्ष संजय बजिमय,समाजसेवीनारायण अग्रवाल, सिनपा ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, ६ काअध्यक्ष विरेन्द्र श्रीवास्तव,नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपसभापति दिपक क्षेत्री न्यौपाने, साहित्यकार वनमाली निराकार, समाजसेवी ओमकार गौचन, सल्लाहकार अजयकुमार गुप्ता, किशोरपुर गाउ समाजका अध्यक्ष पुरन सिंह राना लगायतले शुभकामना व्यक्त गरेका थिए । 
केन्द्रका उपाध्यक्ष मधुसुदन अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव शैलेन्द्र कुमार तुलाधरले गरेका थिए। 
केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने प्रकाशचन्द्र अग्रवाल, रेखातुलाधर, समाजसेवी ओमकार गौचनलाई प्रशंसा पत्र र दोसल्लाओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सचिव तुलाधरले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नन्दकिशोर यादवले आर्थिक प्रतिवेदन प्रस्तुतगरेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार