Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

फेसबुकबाट अर्गानिक तरकारी बेच्दै आशा


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०७७ मंगलवार
  • 808
    SHARES

फेसबुकबाट अर्गानिक तरकारी बेच्दै आशा

भैरहवा। नयाँ नयाँ कामको सुरुवात गर्ने भैरहवाका उद्यमी युवा आशा गुरुङ प्रत्येक शनिबार  विहान फुेसबुक लाइभ मार्फत अर्गानिक तरकारी बेच्न व्यस्त हुन्छन्। बैदेशीक रोजगारबाट फर्केका सिद्धार्थनगर ३ बस्ने गुरुङलाई भैरहवामा धेरैले चिन्छन्।
रोजगारको शिलशिलामा जर्मनी गएका उनी नेपाल फर्के पछि भैरहवामा होमडेलीभरि सहितको होटेल, रियल स्टेट, नर्सरी खेती, डिजे लगायतका क्षेत्रमा कामको सुरुवात गरेका छन्। दुई वर्षबाट कृषि क्षेत्रमा लागेका उनी बेमौसमी तरकारी र फलफूल उत्पादन गरिरहेका छन्। फर्मबाट उत्पादित तरकारीलाई गुरुङले प्रत्येक शनिबार बिहान ६ बजे देखि १० बजेसम्म फेसबुक लाइभमा जोडिएर उपभोक्तालाई विक्रि गरिरहेका हुन्छन्। 
भैरहवाको शानु डिपार्टमेन्टल अगाडी केही सहकर्मी लिएर विगत ३ हप्ता देखि उनले तरकारी उपभोक्तालाई सिधै उपलब्ध गराइरहेका छन्। चिसोठाँउमा हुने स्ट्राबेरीलाई भैरहवामा व्यवसायिक उत्पादन गरिसकेका उनी स्याउ लगायतका २८ थरीका फलफूल खेती पनि गरेका छन् । 
‘आम उपभोक्तामा अर्गयानिक उत्पादनको माग छ, स्वच्छ ताजा तरकारी र सागपातहरु विहानै टिपेर उपलब्ध गराउदै आएको छु,’ गुरुङले भने ‘सुरु गरेको ३ वटा शनिबार मात्र भयो बिक्री दोब्बर भएको छ।’उनले नयाँ नयाँ उत्पादन भैरहवावासी माझ पस्किन लागेको भन्दै अग्र्यानिक कालो टमाटर, पहेलो र रातो चेरी, गुन्दु्रक, कोरियन किम्ची, स्ट्राबेरी र परवल उत्पादनको क्रममा रहेको उनले जानकारी दिए।

‘हाम्रो उत्पादनलाई स्थानियले मन पराउनुभएको छ। सामाजिक संजाल मार्फत शनिबार गरिरहेको बिक्री अब साताको दुई दिन राख्ने योजना छ।’ गुरुङले भने।उनले आफ्नो लुम्बिनी अग्र्यानिक फर्म एन्ड रिसर्च सेन्टरमा ३० थरीको अर्गयानिक तरकारी उत्पादन गरेका छन्। अहिले कोरियन फर्सी, शलगम, डाठ गोभी, चुकन्दर, लेटेक्स, चाइनिज साग, काउली, ब्रोकाउली, सिमी, गाजर लगायतको १८ थरीको उत्पादन भई बिक्री भइरहेको गुरुङले बताए। 

 


लुम्बिनी चिन्तन

थप समाचार