Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सामुदायिक विद्यालयद्वारा उपप्रमुख महिला कप बहिष्कार, नगरपालिकाले निवेदन दर्ता नगर्दा खेलबाट वन्चित


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २९, २०७७ शनिवार
  • 1.8K
    SHARES

सामुदायिक विद्यालयद्वारा उपप्रमुख महिला कप बहिष्कार,  नगरपालिकाले निवेदन दर्ता नगर्दा खेलबाट वन्चित

भैरहवा । शुक्रबारदेखि भैरहवामा सुरु भएको सिद्धार्थनगर उपप्रमुख दोस्रो महिला कप २०७७ प्रतियोगिता सामुदायिक विद्यालयले बहिष्कार गरेका छन् ।
खेलकुदमा विद्यालय स्तरका छात्राहरुको मात्र सहभागिता गराई महिला खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ दोस्रो पटक आयोजना गरिएको उपमेयर कपमा सिद्धार्थनगरका सामुदायिक विद्यालयले सहभागिता नजनाई बहिष्कार गरेका हुन । सिद्धार्थनगर नगरपालिकाले खेलाडी सहभागीका लागि विद्यालयले दिएको निवेदन दर्ता नगर्दा यहांका सामुदयिक विद्यालयका छात्राहरु कपबाट वन्चित भएका हुन् ।
सिद्धार्थनगर नगरपालिकाले प्रतियोगिता संचालनको जिम्मा सामुहिक विद्यालय परिवारलाई दिएको छ । टेण्डर मार्फत प्रतियोगिताको संचालन सामुहिक विद्यालय परिवारले पाएकोले खेलाडी सहभागिताका लागि परिवारमा आवद्ध तिन नीजि विद्यालयमा गएर खेलाडीको नाम सहित निवेदन बुझाउन भनेपछि सामुदायिक विद्यालयको मानमर्दन भएको भन्दै सिद्धार्थनगर नगरपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयले प्रतियोगिता बहिष्कार गरेका हुन । जसबाट खेलमा अब्बल मानिने सामुदायिक विद्यालयका हजारौं छात्राहरु खेलमा सहभागिता जनाउन सकेनन् । नगरपालिकाको आयोजनामा गरिने प्रतियोगिता भएपनि आफ्नो जिम्मेवारी भाग्ने काम नगरपालिकाले गरेको उनीहरुले आरोप लगाएका छन् ।
प्रतियोगिता संचालनको जिम्मा नीजि विद्यालयहरुको संस्था सामुहिक विद्यालय परिवारलाई दिईए पनि खेलाडीको नाम दर्ता लगायतका प्रक्रिया नगरपालिकाबाटै हुनु पर्ने सरकारी विद्यालयहरुले माग गरेका थिए ।

IMG_20210312_115239.jpg
“हामीले खेलाडी छात्राहरुको नाम लिएर नगरपालिका गएका थियौं तर नाम दर्ता गर्नका लागि आदर्श विद्या मन्दिर, नेपाल नालान्दा हाई स्कुल र युनिभर्षल पब्लिक स्कुलमा जान भनिएपछि हाम्रो सामुदायिक विद्यालयलाई उपेक्षा गरिएको महसुस भयो, यो सामुदायिक विद्यालय कै मानमर्दन हो भन्ने लागेर प्रतियोगितामा सहभागिता जनाएनौ ।” मानु मावि का प्राचार्य मोतिलाल सुवेदीले भने ।
सामुदायिक विद्यालयलाई अबमुल्यन गरिएको हाम्रो ठहर छ उनले भने ।  सिद्धार्थ नगर नगरपािलकाले नीजि विद्यालयलाई महत्व दिएर सामुदायिक विद्यालयको अस्तित्व नस्वीकारेको सामुदायिक विद्यालयका प्राचार्यहरुले गुनासो गरेका छन् । अन्य गतिविधिमा समेत सामुदायिक विद्यालयलाई हेलाको दृष्टीले व्यवहार गरिने समेत उनीहरुले आरोप लगाएका छन् ।
संघिय प्रहरी ईकाई कार्यालय शान्तिनगरमा संचालन भएको प्रतियोगितामा २७ नीजि विद्यालयको सहभागिता रहेको छ । यता नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले भने राष्ट्रपति रनिङ्ग शिल्डमा व्यस्त भएका कारण यताको ध्यान दिन नसकिएको प्रतिक्रिया दिए । 
सामाुदायिक विद्यालयका विद्यार्थीहरुको खेल क्षेत्रमा अब्बल मान्निछन, केही दिन अगाडि मात्र सम्पन्न भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि सामुदायिक विद्यालय लिलाराम न्यौपाने माविले रनिङ शिल्ड हात पारेको थियो ।



  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार