Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

उपाधि वेस्टर्न क्रिकेट क्लबलाई 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २९, २०७७ शनिवार
  • 658
    SHARES

उपाधि वेस्टर्न क्रिकेट क्लबलाई 

भैरहवा । भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लबले जितेकाे छ ।
शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको फाइनल खेलमा होराइजन क्रिेकेट क्लबलाई  ६ विकेटले पराजित गर्दै वेष्टर्नले पहिलोपल्ट उपाधि जितेको हो ।

_DSC0406.JPGखराब मौसमका कारण ३० ओभरमा खेलाइएको फाइनल खेलमा टस हारेर व्याटिङ पाएको होराइजनले ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य पाएको वेस्टर्नले  २८ ओभर ३ विकेटकाे क्षतिमा लक्ष्य पार गर्दै रुपन्देही सुपरलिग क्रिकेट–२०७७को ट्रफी उचालेको हो  ।
जितका लागि वेस्टर्नका देव खनालले सार्वधिक ४४ रन बनाए । त्यस्तै उत्तम थापाले ४४, एकेन्द्र कुवरले नटआउट २२ र अजय कौशल्याले नटआउट ११ रनको योगदान गरे । बलिङमा तर्फ होराइजनका गोविन्द केसीले २ र तुल बहादुर थापाले १ विकेट लिए ।
पहिलो पारी खेलेको होराइजनका विशाल खत्रीले २३, सुमित पराजुलीले १८ र अमर मिश्राले १३ बनाएपनि उपविजेतामा चित्त बुझाए । बलिङमा वेस्टर्नका राहुल कुमार, देव खनाल र हर्जित सिंह ले समान २–२, अभिषेक गौतम, एकेन्द्र कुवर र विवेक पराजुलीले १–१ विकेट लिए ।
फाइनल खेलमा वेस्टर्नका देव खनाल म्यान अफ द फाइनल म्याच घोसित भई पुरस्कृत भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए ।

_DSC0404.JPG यस वर्षको नयाँ च्याम्पियन वेस्टर्नले ८० हजार नगद, उप विजेता होराइजनले ४० हजार नगद सहित र ट्रफी प्राप्त गरेका छन । उनीहरुलाई राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका वरिष्ट नेता दिपक बोहराले पुरस्कृत गरेका छन । यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडी (म्यान अफ द सिरीज) र बेष्ट ब्याट्स म्यानबाट वेस्टर्नका राहुल कुमार पुरस्कृत भएका छन । उनले नगद १५ हजार र ५ हजार नगद सहित ट्रफीले पुरस्कृत भए । त्यस्तै बेष्ट वलर लुम्बिनी खुकुरी क्रिकेट क्लबका अजय कुमार लोनिया र उदयमान खेलाडी न्यु होराइजनका पुरुषोत्तम भट्टराई नगद ५–५ हजार र ट्रफीले पुरस्कृत भए  ।
२०५४ साल देखि निरन्तर भैरहवा हुदै आएको रुपन्देही प्रिमियर लिग माघ २८ गते देखि सञ्चालन भइरहेको थियो । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार